Websoft University

सिंहदेवीमा संविधान सम्बन्धि अन्तरसंवाद



 युवराज ठकुरी/सिंहदेवी,मोरङ,असोज ९ गते ।
 हाम्रो संविधान हाम्रै लोकतन्त्र भन्ने मुलनाराका साथ सिंहदेवी,मोरङमा संविधान सम्बन्धि नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ।
 
 नागरिक संवाद केन्द्र,धनकुटाको आयोजना र नेपाल कानुन समाजको प्रायोजनमा भएको उक्त कार्यक्रम सिंहदेवी गाविसको सभाहलमा भएको थियो ।

अघिल्ला दिनहरुमा विभिन्न अवरोधका कारण मतदाता नामवली सङ्कलनले पुर्णता नपाएको कारण पनि सिंहदेवीमा संविधानको महत्त्वको बारेमा चर्चा गरिएको सहजकर्ता छिरिङ शेर्पाले बताउनुभयो।

               नागरिक संवादमा विद्यालयका प्रतिनिधि,राजनैतिक दलका प्रतिनिधि लगायत 40/50जनाको उपस्तिथि रहेको थियो।कार्यक्रममा सहजीकरणको भुमिका सस्थाका तर्फबाट नरेश श्रेष्ठ र छिरिङ शेर्पाले गर्नुभएको
थियो ।

अन्त्यमा स्थानीयका तर्फबाट विद्यालयका तर्फबाट वसन्तकुमार खाण ठकुरी,महिलाको तर्फबाट कुमारी
खड्का र राजनैतिक दलका तर्फबाट खड्गबहादुर ठकुरीले संविधानका विषयमा आआफ्ना धारणा राखेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.