Websoft University

लाइभ डांडिया नाइट विराटनगरमा आयोजना हुदै

 

विराटनगर असोज ८ गते। रोशन पोखरेल-

अग्रवाल महिला मञ्चको आयोजनामा बिराटनगरमा असोज १४ गते  लाइभ डांडिया नाइट हुने भएको छ । भारतको गुजरातमा नाचिने सो  नाच बिराटनगरमा पनि मारवाडी समुदायमा निक्कै लोकप्रिय र बहु आयामिक सुप्रशिद्ध  मानिन्छ ।

असोज १४ गते बिराटनगरको मारवाडी सेवा सदनमा बेलुकी ५ बजेबाट उक्त कार्यक्रम आयोजना गरिने  आयोजक समितिका सदस्य रेणु तोदीले  बताउनुभयो  ।

उक्त कार्यक्रममा भारतीय ब्याण्डबाट सांगीतिक कार्यक्रम साथै विभिन्न खालका खानाका परिकारका स्टलहरु समत राखिने उहाँले बताउनुभयो । उक्त कार्यक्रममा उपस्थित मध्ये भाग्यमानी व्यक्तिले बिभिन्न पुरस्कार समेत प्राप्त गर्ने उहाँले बताउनुभयो  । साथै अग्रवाल महिला मञ्चले हरेक वर्ष दशैको अवसरमा यस्तै किसिमको सास्कृतिक कार्यक्रम गदै आएको उहाँले बताउनुभयो ।

यस्ता सास्कृतिक पर्वले आपसी रुपमा मित्रता र सहयोगको साथै जमधटको रुपमा स्थापित हुने मा उहाँको भनाइ रहेको
छ । दशैको वेलामा गरिने सो कार्यक्रमको लागी अहिले प्रचार प्रसार कार्यलाई अगाडि बढाइएको उहाँले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.