Websoft University

भानुभक्त नेपाली भाषाका अन्तर्राष्ट्रिय आदिकवि हुन् ?

असार ३० गते । भानुजयन्ती हिजो नेपाल र बिदेशमा पनि तामझामका साथ मनाइयो ।  तर स्थानीयस्तरमा मात्रै मनाइँदै आएको भानुजयन्तीमा योपल्ट दार्जिलिङमा साताअघिदेखि नै रौनक थियो । ऐतिहासिक क्षण त तब बन्यो, जब भानुजयन्तीमा भाग लिन भारतीय राष्ट्रपति प्रणव मुखर्जी अघिल्लो दिनै दार्जिलिङ आए । पश्चिम बंगाल राज्य सरकारले भानुजयन्ती समारोहलाई राष्ट्रिय पर्वकै रूपमा मनाउने निर्णय गरेबमोजिम राष्ट्रपतिले सहभागिता जनाएका हुन् । यसअघि गोर्खाल्यान्ड टेरोटेरियल एडमनिस्ट्रेसन ९जीटीए० ले बर्सेनि सानो कार्यक्रम गरेर भानुलाई सम्झने गथ्र्यो ।
भानुजयन्ती समारोहमा भारतीय राष्ट्रपतिको सहभागिता इतिहासमै पहिलो हो । राजभवनबाट चौरस्ताको समारोहस्थल आएका राष्ट्रपति मुखर्जीले आदिकवि भानुभक्त आचार्यको पूर्णकदको सालिकमा माल्यार्पण गरे । पश्चिम बंगालका राज्यपाल केशरीनाथ त्रिपाठी र मुख्यमन्त्री ममता बेनर्जीले पनि माल्यार्पण गरे । मुखर्जीले करिब आधा घण्टा लामो मन्तव्यमा नेपाली आदिकविको नाम पटक–पटक लिए । नेपाल र भारतबीचको अद्वितीय सम्बन्धको चर्चा गरे । र उनले भानुभक्तजस्ता कविहरूकै कारण नेपाल–भारत सम्बन्ध सधैं प्रगाढ रहने गरेको बताए । ‘भानुभक्त भारत र नेपाल दुवै देशका साहित्यिक विभूति हुन्,’ उनले भने, ‘भानुभक्त कवि मात्रै होइनन्, नेपाली भाषाका सम्बन्ध सेतु नै हुन् ।’ मुखर्जीले दार्जिलिङलाई ‘मिनी इन्डिया’ को संज्ञा दिए । दार्जिलिङ बहुभाषिक, बहुजातीय र बहुसंस्कृतिको केन्द्र रहेको बताए । ‘जसरी सिंगो भारतमा बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक छ,’ मुखर्जीले भने, ‘दार्जिलिङमा त्यही विविधता पाइन्छ ।’
पश्चिम बंगालका राज्यपाल केशरीनाथ त्रिपाठीले भानुभक्तले भारतमा नेपाली भाषालाई आदर र मर्यादा प्रदान गरेको चर्चा गर्दै नेपाली भाषामा रामायण लेखेर गुन लगाएको बताए । मुख्यमन्त्री ममता बेनर्जीले भानुभक्त आफ्नो मन र हृदयमा रहेको बताइन् । ‘भानुभक्तप्रतिको सम्मान देखेर कञ्चनजंगा पनि मुस्कुराइरहेको छ,’ बेनर्जीले भनिन्, ‘सिंगो दार्जिलिङ हाँसिरहेको छ ।’    
राष्ट्रपति मुखर्जीले समारोहमा नेपाली साहित्य एकाडेमी विजेताहरू गुप्त प्रधान, शंकर प्रधान, शंकरदेव ढकाल लगायत प्राज्ञिक क्षेत्र र विधाका प्रतिभालाई सम्मान गरे । उनी बिहीबार फर्कने छन् ।
‘सरकारले राष्ट्रिय पर्वका रूपमा भानुजयन्तीलाई महत्त्व दिनु ठूलो उपलब्धि हो,’ जीटीए प्रमुख विमल गुरुङले भने, ‘भारतभरका नेपालीभाषीका लागि महत्त्वपूर्ण हो ।’ राष्ट्रपति मुखर्जीलाई जीटीए प्रमुख गुरुङले बुद्ध मूर्ति उपहार दिए भने मुख्यमन्त्री ममताले कञ्चनजंगा हिमालको तस्बिर दिइन् । ‘भानुभक्तको योगदान नेपालको भौगोलिक सिमानाभित्र मात्रै सीमित छैन,’ अग्रज साहित्यकार इन्द्रबहादुर राईले भने, ‘भानु नेपाली भाषाका अन्तर्राष्ट्रिय आदिकवि हुन् ।’
सार्वजनिक बिदा
दार्जिलिङमा भानु चिनाउने श्रेय सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान ९सूधपा० लाई जान्छ । उनीहरूकै पहलमा विसं। १९८६ सालमा चौरस्तामा भानुको सालिक स्थापना भएको हो । सन् १९४९ जुन १९ मा तत्कालीन पश्चिम बंगाल राज्यपाल कैलाशनाथ काट्जुले सालिक अनावरण गरेका थिए । पछि सुवास घिसिङको नेतृत्वमा भएको हिंसात्मक गोर्खाल्यान्ड आन्दोलनमा भानुजयन्तीकै पूर्वसन्ध्यामा सालिक तोडिएको थियो । तत्कालीन अंग्रेज मूर्तिकार इ डब्ल्यू टमसनले लामो समय खर्चेर नेपाली अनुहार र हाउभाउको सूक्ष्म अध्ययनपछि मूर्ति तयार गरेको इतिहास छ ।
भानुजयन्तीका दिन दार्जिलिङमा सार्वजनिक बिदा दिने चलन छ । यो चलन सन् ७० को दशकदेखि नै सुरु भएको हो । सिक्किम, असम लगायतका पूर्वोत्तर राज्यमा पनि भानुजयन्तीमा बिदा हुन्छ । ‘भारतमा भानु चिनाउने ठूलो श्रेय ‘सूधपा’ लाई जान्छ,’ साहित्यकार नरबहादुर दाहालले भने, ‘त्यसअघि भारतमा भानुभक्तको पहिचान थिएन ।’
भानु र राजनीति
राष्ट्रपछिलाई निम्त्याएर भानुजयन्ती आयोजना गर्नुका पछाडि मुख्यमन्त्री बेनर्जीको राजनीतिक स्वार्थ रहेको टिप्पणी गर्न थालिएको छ । भानुजयन्तीलाई मौका छापेर उनले बुधबार विशेष समारोहका बीच दार्जिलिङका अनुसूचित जातिहरूको समेत अलग्गै विकास बोर्ड बनाउने उद्घोष गरिन् । यसअघि नै उनले लेप्चा, राई, मगर, शेर्पा, तामाङ, मगरलगायत जातको अलग्गै बोर्ड गठन गरिसकेकी छन् । पछिल्ला गतिविधिहरूले ‘फुटाउ र राज गर’ भन्ने नीतिलाई ममताले अंगिकार गरेको देखिन्छ । ‘भानुलाई माध्यम बनाएर दार्जिलिङमा जातजातिबीच विभाजन ल्याउने र आफू शासन गर्ने ममताको मुख्य स्वार्थ हो,’ साहित्यकार ज्ञानेन्द्र खतिवडाले टिप्पणी गरे, ‘ममताले अब भानुभक्तलाई चलाउन सुरु गरेकी छन् ।’ कवि राजा पुनियानीले भारत सरकारले भानुजयन्तीलाई महत्त्व दिनुका पछाडि धेरै कारण रहेको बताए । पत्रकार विमल राईको विश्लेषण छ, दार्जिलिङमा राज गर्ने ममताको भित्री मनसाय देखिन्छ । राईले भने, ‘भानुभक्तलाई आधार बनाई राजनीति सुरु भएको छलंगै छ ।’
दार्जिलिङका जनताको मन जित्नु ममताको पछिल्लो ध्येय
हो । सोहीअनुसार उनी विभिन्न बोर्डहरूका नाममा पैसाको खोलो बगाइरहेकी छन् । कवि मनिकुमार राईले सुनाए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.