Websoft University

शेरबहादुर देउवा र पुष्पकमल दाहाल भारतको गोटी बनेको आरोप

काठमाडौं , असार  ३० गते । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार परिवर्तन भारतको चाहनामा भएको बताएका छन् । रफत सञ्चार क्लबको साक्षत्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलले भारतको निर्देशनमा सरकार परिवर्तन गरेको आरोप लगाए । मुलुकको आवश्यकता भन्दा पनि भारतको चाहनाअनुसार वर्तमान सरकार परिवर्तन भएको उनको दाबी छ ।
बिजुक्छेले चीनका राष्ट्रपतिको नेपाल भ्रमण तयभए त्यसले नेपाल र नेपालीको हितहुन सक्ने ठानेर भारतले देउवा र दाहाललाई गोटी बनाएको आरोप लगाएका छन् । भ्रमणल र  सम्झौताहरुलाई ओझेलमा पार्ने खेलकै कारण सरकार परिवर्तन भएको भन्दै बिजुक्छेले नयाँ सरकारले चीनसँग गरिएका सम्झौताको कार्यान्वयन तर्फ अग्रसर बन्न नसके यसले नेपालीलाई ठूलो बेफाईदा हुने समेत बताएका छन् । 
वर्तमान सभामुख ओनसरी घर्ती निवासमा कांग्रेस र माओवादी केन्द्रका नेताहरुको बैठकपछि सरकार परिवर्तनको डिजाइन गरिनु र चलखेल हुनुले सभामुखको निष्पक्ष र तथष्ठता कायम गर्न नसकेको उनले बताए । सभामुखको भूमिकामा समेत प्रश्न उठेको उनी बताए ।
सरकार परिवर्तनसँगै भुकम्पीडित, बाढीपहिरो पीडित, मधेशको समस्या समाधानको पाटो र संविधान कार्यान्वयनको पाटोमा समस्या देखिने उनले भनाई छ । संविधान कार्यान्वयनको पक्षमा राजनीतिक अस्थिरतासँगै नेपालमा विभिन्न खालका अपराध मौलाउनुका साथै दण्डहिनता बढ्ने उनले बताए ।
कार्यक्रममा बिजुक्छेले सरकार परिवर्तनसँगै देखिएको नयाँ सरकार गठनको विषय जटिल रहेको र यसतर्फ संवैधानिक जटिलताहरु समेत रहेकाले सरकार गठनका विषय त्यती सहज नभएको बताए । 
'अन्य देशमा यस्तो परिस्थितिमा राष्ट्रपतिले पार्टीहरुलाई बहुमत देखाउन आह्रवान गर्ने परम्परा छ,' उनले भने, 'नेपालको वर्तमान समयमा राष्ट्रपतिको भूमिका समेत अहंम रहने छ ।' 'राष्ट्रपतिले आफना कानुनी सल्लाकारहरुको भूमिकालाई बढाउँदै काम गर्नु पर्नेछ', उनले भने । राष्ट्रपतिलाई कसैले विवादमा तान्न नहुने समेत उनले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.