Websoft University

वन्यजन्तुको आक्रमणबाट मर्ने परिवारलाई राहत स्वरुप सरकारले रु १० लाख दिने



भद्रपुर । वन तथा भू¬–संरक्षणमन्त्री शङ्कर भण्डारीले वन्यजन्तुको आक्रमणबाट मर्ने परिवारलाई राहत स्वरुप सरकारले रु १० लाख दिने तयारी गरिरहेको बताउनुभएको
छ ।  जिल्ला वन कार्यालय झापाको आज निरीक्षणपछि आयोजित कार्यक्रममा उहाँले वन क्षेत्रमा हुने अनियमिततामा संलग्न हुने जो कोहिलाई पनि कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 Sponsored by Revcontent
Trending Now
20 Pictures That Hillary Clinton Wishes Would Go Away
मन्त्री भण्डारीले वन क्षेत्रमा कार्यरत कर्मचारीका समस्यालाई समाधान गर्न मन्त्रालयले आवश्यक तयारी गरिरहेको प्रशङ्ग उल्लेख गर्दै झापाको वन क्षेत्रको विकास गर्न सरकार गम्भीर भएको बताउनुभयो ।  निजी वन फस्टाउँने तर सामदायिक वन र सरकारको मातहतमा रहेको वनको क्षेत्र घट्नुलाई सरकारले गम्भीर रुपमा लिएको बताउँदै उहाँले वन क्षेत्रको समग्र विकासका लागि इमान्दारीपूर्वक कार्य गर्न कार्यालय प्रमुखलाई निर्देशन पनि दिनुभयो ।

मन्त्री भण्डारीले ध्वस्त एवम् जीर्ण रहेका वन कार्यालयको इलाका भवनकको पुनःनिर्माणका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।  वन विभागका महानिर्देशक कृष्णचन्द्र आचार्यले वनको दिगो विकासका लागि सम्बन्धीत सबै पक्षबीच सहयोग, समन्वय र सहभागिताको खाँचो रहेको आवश्यकता औल्याउनुभयो ।

सो अवसरमा जिल्ला वन कार्यालयका प्रमुख बोधराज सुवेदीले झापा जिल्लाको वन क्षेत्रको विकासमा देखिएका समस्या र यसको निराकरणका लागि कार्यालयले सुरु गरिइएको प्रयास, मेची नदीमा तटबन्धन र सामुदायिक वन एवम् निजी वनलगायतका सम्बन्धमा विस्तृत जानकारी गराउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.