Websoft University

कम्प्यूटरको काम छाडेर गोबर सोर्ने काम थाले पछि सम्मान पाइयो



धादिङ, कात्तिक ८ गते ।
प्राविधिक काम छाडेर गाई भैँसी पाल्न थाल्नुभएका धादिङका एक युवक राष्ट्रपति कृषक पुरस्कारबाट सम्मानित हुनभएको छ ।

१० वर्षदेखि कम्प्युटरको हार्डवयर र सफ्टवयर सम्बन्धी काम गर्दै आउनुभएका सलाङ गाविसका अर्जुन त्रिपाठी गएको चार वर्षदेखि गाईभैँसी पालेर दुध बिक्री गर्न थालेपछि चर्चा कमाउँदै आउनुभएको थियो ।​

राष्ट्रपति कृषक पुरस्कारबाट सम्मानित भएपछि उहाँले गोबर सोहोरेरै आफूलाई सन्तुष्टी मिलेको बताउनुभयो । यसलाई नै व्यवसायिक पेसाको रुप लिएको पनि उहाँले बताउनुभयो ।
उहाँ अहिले गाईको भकोरो सोर्नुहुन्छ, घाँस काट्नुहुन्छ र
दुध दोहेर बजार लगेर बिक्री गर्नु चै वहाको दैनिकि हो ।

चार वर्ष अगाडि जिल्लामा कसैको कम्प्युटर बिग्रियो भने उहाँलाई नै खोजी खोजी आउने गर्थे तर अहिले बजारमा मानिसको घरघरमा दुध, दही, घ्यू र अन्य परिकार पुर्याउँदै व्यवसायिक कृषिमा लागेपछि पारिवारिक सन्तुष्टी मिलेको उहाँले बताउनुभयो ।

उहाँलाई १३ वर्षसम्म विदेश बसेर घर फर्केका उहाँकै दाजु चुडामणि र परिवारका अन्य सदस्यले सहयोग गर्दै आएका छन् । उहाँको गाई फारममा गाई र भैँसी गरेर ४५ वटा छन् । दिनमा १ सय ५० लिटरभन्दा बढी दुध बिक्री गर्दै आएको त्रिपाठीको भनाई छ ।

उहाँ जस्तै जिल्लाका अन्य किसानलाई पनि विश्व खाद्य दिवसको अवसरमा सम्मानित गरिएको थियो । ३ जनालाई राष्ट्रपति कृषक पुरस्कार, १६ जनालाई जिल्ला स्तरबाट, विभिन्न बालीहरुबाट २८ जना, निबन्ध प्रतियोगितामा ३ जनालाई पुरस्कृत गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.