Websoft University

कटहरिया बजारमा नेपाल बैङ्कको शाखा उद्घाटन



 बिराटनगर, कात्तिक ९ गते । 
नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले ग्रामीण भेगका बजारमा पनि वित्तीय कारोबार र लगानीको वातावरण बनाउनुपर्ने बताएका छन् । रौतहटको व्यापारिक केन्द्र कटहरिया बजारमा सोमवार नेपाल बैङ्कको शाखा उद्घाटनका क्रममा उनले उक्त धारणा राखेका हुन् ।

नेपाल बैङ्कले ग्रामीण भेगहरुमा पनि शाखा स्थापना गरेर आफ्नो सेवालाई विस्तार गरेकोमा डेपुटी गभर्नर शिवाकोटीले खुशी व्यक्त गरे । बैङ्क स्थापनापछि सो क्षेत्रको वित्तीय विकास र बजार प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ छ । कार्यक्रममा नेपाल बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह, प्रमुख प्रबन्धक श्यामसुन्दर कँडेल, रौतहट क्षेत्र नं ५ का सभासद् सुनील यादव, वीरगञ्ज क्षेत्रीय कार्यालयका प्रमुख ऋषिराज काफ्लेलगायत सहभागी थिए ।

बैङ्क स्थापना भएपछि वित्तीय कारोवारका लागि स्थानीय व्यवसायीलाई सदरमुकाम गरुडा वा गौरसम्म धाउनुपर्ने बाध्यता हटेको स्थानीय प्रकाश श्रेष्ठले बताए ।
१४ वर्षपछि बैङ्कको शाखा पुनःस्थापना भएपछि कटहरियाआसपासका झण्डै दुई दर्जन गाविसका स्थानीय बैङ्किङ सेवाबाट लाभान्वित हुनेछन् ।

२०३३ सालमा नै नेपाल बैङ्कले आफ्नो उपशाखा कटहरियामा खोले पनि तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका कारण २०५९ मङ्सिर १० गते सो उपशाखालाई गौरमा गाभिएको थियो । कटहरियाबाट शाखा हटाएपछि सो भेगका स्थानीय जनता बैङ्किङ सेवाबाट वञ्चित भएका थिए । स्थानीय तथा व्यवसायीको लामो प्रयासपछि नेपाल बैङ्कले पुनः कटहरियामा शाखा स्थापना गरेको हो ।
आर्थिक अभियान बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.