Websoft University

ट्रान्सपोट एसोसिएसनको नयाँ कार्य समितिको वैठक आज बस्दै




विराटनगर  कार्तिक ८ गते । रोशन पोखरेल-
ट्रान्सफोट एसोसिएसन विराटनगर मोरङको १४ अधिवेशन तथा सातौ साधारण सभा हिजो विराटनगरको कृष्ण पार्टि प्यालेसमा एक कार्यक्रमका विच उदघाटन गरिएको थियो।

साधारण सभाको उदघाटन अध्यक्षमा सन्द दुम्जाली ले गर्नुभएको थियो  । दिपक पौडेल ,चिरञ्जिवि रेग्मी लगायतका अतिथिहरुले आफनो स्वागत मनत्व्य राख्नुभएको थियो।

सो अवसरमा नयाँ कार्य समिति समेत चयन भएका थिए। नयाँ कार्य समितिको अध्यक्षमा सुशिल जोशी, उपाध्यक्षमा विनोद कुमार राउत महा सचिवमा निरव भण्डारी, सचिवमा सोम प्रसाद भटट्, कोषाअध्यक्षमा अशोक पोद्दार साथै सदस्यहरुमा दिपक जोशी, लगायतका पदाधिकारी निर्वाचित हुनुभएको थियो ।

साथै नयाँ कार्यसमितिको पहिलो वैठक आज ३ वजे वस्ने वताइएको छ । आगामी समयमा ढुवानी व्यावसायलाई सहज वनाउनको लागी आज विशेष वैठक वस्ने उपाध्यक्ष विनोद कुमार राउतले रातो तारा लाइ जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.