Websoft University

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा


विराटनगर कात्तिक ६ गते।
आगामी मंसिरमा पूर्वाञ्चलमा आयोजना हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि आयोजकहरु अहोरात्र जुटेका छन । जिल्ला छनौट सम्पन्न गररेर क्षेत्रीय छनौटको तयारी सँगै पूर्वाधार तयारीलाई पनि तीव्र पारिएको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीले जानकारी दिनुभयो ।उहाँले कात्तिक २३ देखि मंसिर ३ गते सम्म क्षेत्रीय छनौट प्रतियोगिताको तयारी गरिएको बताउनुभयो । मंसिर ८ गतेदेखि पूर्वाञ्चलमा आयोजना गर्न लागिएको प्रतियोगिता ५ वटा जिल्लामा सञ्चालन गरिने छ ।

साढे तीन दशकपछि पूर्वाञ्चलमा आयोजना हुन लागेको प्रतियोगितामा ३० वटा खेल समावेश छन् । प्रतियोगिताको उद्घाटन सहिद रंगशाला विराटनगरमा गरिने भएको छ ।

सहिद मैदान र वैजनाथपुरको मैदान मात्र पूर्ण रुपमा तयार हुन बाँकी रहेको क्षेत्रीय अध्यक्ष नगरकोटीको भनाई छ । अन्य स्थानको तयारी लगभग सकिएको उहाँले बताउनुभयो ।
३० वटा प्रतियोगिता सम्पन्न गर्नका लागि ३७ करोड लाग्ने आयोजक समितिले अनुमान गरेको छ । सरकारले २७ करोड वजेट स्वीकृत गरिसकेको अध्यक्ष नगरकोटीले जानकारी दिनुभयो । अपुग वजेटवारे राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सरकारसँग माग गरिरहेको र स्थानीय स्तरमा पनि श्रोत संकलनका लागि विभिन्न क्षेत्रसँग समन्वय भईरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा राखेपका तालिम प्रशिक्षक प्रशिक्षण उपकेन्द्रका सहनिर्देशक तथा कराते प्रशिक्षक विनोदकुमार राउतले खेलाडीको क्षमता विकासको लागि आर्थिक अवस्था कमजोर रहेको गुनासो गर्नुभयो । प्रशिक्षणका लागि पर्याप्त वजेट नहुँदा अपेक्षित काम गर्न नसकेको बताउनुभयो । राजनीतिक अस्थिरताका कारण राष्ट्रिय प्रतियोगिता नियमित हुन नसकेको बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.