Websoft University

मतदाता नामावलि अद्यावधिक तथा नयाँ बनाउन निर्वाचन आयोगको आग्रह


विराटनगर कार्तिक १४ गते ।
निर्वाचन आयोगले आउदो निर्वाचनका लागि फोटो सहितको मतदाता नामावलि अद्यावद्यिक तथा नयाँ बनाउन मतदाताहरुलाई आग्रह गरेको छ । आउदो चैतमा स्थानीय तहको निर्वाचन र २०७३ माघसम्ममा बाँकी २ तहकै निर्वाचन गर्नुपर्ने भएकाले फोटो सहितको मतदाता नामावलिमा आफ्नो नाम तयार पार्न आयोगले मतदातालाई आग्रह गरेको हो । आयोगका प्रवक्ता सुर्य शर्माले आउदो २६ गते देखि नामावलि संकलनका लागि घुम्ती सेवा खटाउन लागेको बताउनुभयो । उहाँले त्यस भन्दा अगाडी पनि जिल्ला निर्वाचन कार्यालयमा जुन दिन पनि नामावलि टिपाउन सकिने पनि जानकारी दिनुभयो । प्रवक्ता शर्माले सम्बन्धित स्थानमा नै आयोग आउने तयारी गरेकाले तयार रहन पनि आग्रह गर्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.