Websoft University

विराटनगरको वजारमा उपभोक्ताको घुइचो , मूल्य वृद्धिले उपभोक्ता निराश


विराटनगर कार्तिक १४ रोशन पोखरेल,
विराटनगरमा आज लक्ष्मी पुुजाको भव्य रुपमा पुजा गरिने तयारी गरिएको छ । नेपालीहरुको महानपर्व तिहारको तेस्रो दिन आज विराटनगरको बजारमा उपभोक्त्ताको चाप वढेको छ । मोरडका ग्रमिण क्षेत्रबाट उपभोक्त्ता वजारमा आउदा विराटनगरका व्यापारिलाई भ्याइनभ्याइ भएको छ । बजारमा तिहारका लागी भनेर तयार पारिएका सामाग्रीको भाउ मा भएको बृद्धिले गर्दा उपभोकत्ताहरु मारमा परेको उपभोेक्त्ता अस्मिता कार्किले बताउनुभयो । े


 तिहारमा अधिक मात्रामा सयपत्रिफुल को कारोवार बढेको
छ । उपभोकत्ताले प्रतिमाला ३० रुपैया मा खरिद  गरिरहेको मालाको मूल्य आज ४५ देखी ६० रुपैयामा विक्रि भेै रहेको भारतको कोलकताबाट आएका मो इस्माइलले बताएका छन । नेपाली बजारमा मालाको माग यस समयमा अधिक हुने भएकाले आफु विगत लामो समय देखी विराटनगरको वजारमा तिहारको समयमा आउने गरेको उहाँले बताउनुभयो ।

 तिहारमा अधिक मात्रामा प्रयोगमा आउने रगंमा पनि मुल्य अधिक रुपमा वढ्ेको छ । रंगको पर्व को रुपमा रहेको विभिन्न प्रकारका रंगको मूल्य बढेको विराटनगर १२ का रंग व्यापारी सुरज किसानले जानकारी दिनुभयो । भाइमसलाको भाउमा भने उल्लेखिय रुपमा बृद्धि नभएको एक व्यापारिले बताएका छन ।




 नेपाली वजारमा लुगाको कारोवार न्युन रहेको अवसरमा विराटनगरमा उपभोक्तालाई राहत दिनका लागी लुगाको व्यापार गरेका लुगा व्यावसायि मनोज सप्लायर्स का सञ्चालक मनोज साहका अनुसार तिहारमा बम्पर रुपमा लुगा सेल गरेर उपभोक्तालाई सर्वसुलभ रुपमा लुगा विक्रि गरेको दावि गर्नुभएको छ ।  तुलनात्मक रुपमा विराटनगरमा उपभोक्त्ताको भिड वजारमा बढदा ट्राफिक व्यावस्थापनमा समस्या भएको तर त्यसलाई सहज बनाउन प्र्रयास रत रहको मोरड ट्राफिकले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.