Websoft University

सातौं राष्ट्रिय खेलकुद प्रतियोगित फेरि स्थगित


विराटनगर, कार्तिक११ गते ।
आउँदो मंसिर ८ गतेदेखि गर्ने भनिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगित फेरि स्थगित हुने भएको छ । विराटनगरसहित पूर्वका विभिन्न शहरमा गर्ने भनिएको सातौं राष्ट्रिय प्रतियोगिता फेरि स्थगित हुने भएको हो ।

सरकारले उपब्ध गराएको बजेट आर्थिक निर्देशिका पारित नहुँदासम्म निकासा नहुने कारण देखाउँदै प्रतियोगिता स्थगित गर्न लागिएको हो ।

मंसिरको २० देखि २५ गतेसम्म प्रतियोगिता गर्नेगरी स्थगित गर्न लागिएको राष्ट्रिय खेकुद परिषदका सदस्य सचिव केशव विष्ठले जानकारी दिनुभयो । ‘विविध कारणले गर्दा मंसिर ८ गतेदेखि गर्ने भनिएको खेकुद प्रतियोगिता स्थगित हुने निश्चीत भयो’ उहाँले भन्नुभयो, ‘२५ गते बस्ने बोर्ड बैठकले अर्काे मिति तय गर्नेछ ।’

खेकुद प्रतियोगिताका लागि आउने बजेटको प्रक्रिया लामो भएको कारण समयमा नै आर्थिक निर्देशिका पारित हुन नसक्दा प्रतियोगिता नै स्थगित गर्नु परेको बताउनुभयो । यसअघि पनि बजेट अभाव, मधेस आन्दोलन लगायतका कारण देखाउँदै प्रतियोगिता स्थगित भएको थियो ।

सदस्य सचिव विष्टले खेलकुद प्रतियोगिता स्थगित भएपनि निराश भइहाल्नु पर्ने अवस्था नभएको स्पष्ट पार्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.