Websoft University

आगलागिबाट दुई लाख ५० हजार बराबरको क्षति


बिराटनगर, कात्तिक १५ गते ।
मोरङको पथरीशनिश्चरे–८ स्थित जयमङ्गल खतिवडाको गाईगोठमा आज बिहान आगलागी हुँदा रु दुई लाख ५० हजार बराबरको क्षति भएको छ ।  बिहान २ बजेतिर दीपावली गरेर राखेको माटोको दियोबाट आगो सल्किँदा गोठमा रहेको एउटा गाई, छ वटा बाख्रा मर्नुका साथै गोठ जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको हो ।

आगो निभाउने क्रममा खतिवडाकी श्रीमती ५४ वर्षीया लोकमाया खतिवडा घाइते भएकी छन् । उनको स्थानीय
पथरी हस्पिटलमा उपचार भइरहेको छ ।

आगोलाई दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा
आधा घन्टापछि नियन्त्रणमा लिइएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.