Websoft University

धनकुटामा पिकअप दुर्घटना, दुई जनाको मृत्यु, सात घाइते


धनकुटा, कार्तिक १३ गते।
धनकुटाको छिन्ताङ गाविसमा शुक्रबार साँझ पिकअप दुर्घटना भएको छ। दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।

घाइतेहरुको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। हिलेबाट भोजपुर घोरेटारतर्फ जादै गरेको को १ ज २७२२ नम्बरको पिकअप साँझ ६;३० बजे छिन्ताङ-८ स्थित सिम्ले भन्ने स्थानमा सडकबाट अन्दाजी सय मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा भोजपुर होम्ताङ ८ वस्ने अन्दाजी ५० वर्षिय पृथ्वीमान राई र सुनसरी धरान उपमहानगरपालिका १ शिखर टोल बस्ने अन्दाजी ४५ वर्षिया सुशिला श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

त्यस्तै अन्य घाइतेहरुमा पिकअप चालक भोजपुर हसनपुर
१ मचुवाटारका बिक्रम राई, सहचालक हर्क माझी, धनकुटा छिन्ताङ ७ की प्रेम भण्डारी, सोही ठाउँका विकाश दुलाल, भोजपुर हसनपुर १ का शम्शेर राई, पोष्टमान राई, भोजपुर होम्ताङ ८ की पार्वती राई, र नाम नखुलेका ६ वर्षिय एक बालक छन।

घाइतेहरुको हात, खुट्टा तथा शरीरका बिभिन्न अङहरु भाँचिएको छ। उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.