Websoft University

सातौं राष्ट्रिय खेलकुदमा पूर्वमा ३० खेल हुने


विराटनगर, भदौ ११ गते । सातौं राष्ट्रिय खेलकुदका ३० खेलहरु पूर्वका विभिन्न जिल्लामा हुने निर्णय राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनु भएको हो ।
वि.सं. २०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुदको सातौं संस्करणको रुपमा यही मंसिर ८ गतेदेखि १५ गतेसम्म पूर्वाञ्चलमा हुने निर्णए भएको छ । सातौं राष्ट्रिय खेलकुदको लागि लोगो चन्द्र सूर्य अंकित झण्डाको रातो पृष्ठभूमिलाई अर्ध गोलाकार रुपमा नीलो रंगले घेरिएको र विश्वको अग्लो चुचुरो सगरमाथालाई राखिएको छ । मस्कटको रुपमा नेपालको पूवाञ्चलको कोशीटप्पु वन्य जन्तु आरक्षण क्षेत्रमा पाइने अर्नालाई राखिएको छ ।

सातौं राष्ट्रिय खेलकुदको लागि खेलाडी दर्ता समय भाद्र २० गतेसम्म रहेको छ । जिल्ला प्रतियोगिता भाद्र २५ गतेदेखि आश्विन १४ गतेसम्म, क्षेत्रीय प्रतियोगिता कार्तिक २३ गतेदेखि मंसिर ३ गतेसम्म, क्षेत्रीय वन्द प्रशिक्षण मंसिर १ गतेदेखि मंसिर ७ गतेसम्म र राष्ट्रिय प्रतियोगिता मंसिर ८ गतेदेखि मंसिर १५ गतेसम्म सञ्चालन गरिने छ ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफलतापूर्वक सञ्चालनका लागि खेलकुद मन्त्रीको अध्यक्षतामा ३०१ सदस्यीय मूल आयोजक समिति र राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवको अध्यक्षतामा २८ सदस्यीय कार्यकारी समिति गठन गरिएको छ । साथै प्रतियोगित सम्पन्न गर्नका लागि विभिन्न १४ वटा उपसमिति गठन गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.