Websoft University

भूमाफियाको चलखेल बढ्यो ।


काठमाण्डौ कार्तिक ५ गते । रातो तारा डट कम,जिल्लाको छायानाथ रारा नगरपालिका वडा–१ मा रहेको प्रसिद्ध धार्मिकस्थल कालिमा मालिका मन्दिरको नाममा रहेको जग्गा अतिक्रमण हुने क्रम बढेको छ । कालिका मालिका मन्दिरको नाममा २०५२ मा सञ्चालन भएको नापीमा रहेको कित्ता नम्बर १२ को २ हजार २ सय ४८ क्षेत्रफलमा रहेको जग्गा अतिक्रमण गरेर घर बनाउने क्रम बढेको हो ।

कालिका मालिका दुवै देवी हुन्, कालिकालाई रगतको भोग लाग्छ भने मालिकालाई दूध भोग लाग्ने धार्मिक विश्वास छ । छत्याल (मल्ल) को स्थापनादेखि नै कुल देवताको रूपमा कालिका मालिका मानिँदै आइएको छ । राजकीय डाँडा भएको हुँदा कालिका मालिकालाई प्राचीन धार्मिकस्थल भनिएको हो । हालको जिल्ला समन्वय समितिको कार्यालयदेखि राष्ट्रिय वाणिज्य बैंक, कर्ण रावलको घरलगायत वरपरको क्षेत्रमा ४ किल्लाभित्र कालिका मालिकाको मन्दिर छ । 

दमाया ढुक्सो, भीमसेनस्थान पनि यही जग्गाभित्र पर्छ । भूमाफिया र २०५२ मा नापी गर्ने कर्मचारीको मिलेमतोमा ९ रोपनीभन्दा बढी जग्गा अतिक्रमणमा परेको भूपूशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले जानकारी दिनुभयो । मन्दिरको जग्गा पहिला ९ रोपनी ४ हजार क्षेत्रफलभन्दा बढी थियो । पछिल्लो नापी भइसकेपछि जग्गा अतिक्रमण गर्नेहरूको विवरणसहित मन्दिरको कागजपत्र रहेको रेकर्ड फाइलमा राखिएको छ ।

अहिलको नयाँ समिति आएपछि मन्दिरको जग्गा खोज्न थालिएकाले आशा जगाएको कालिका मालिका मन्दिरका पुजारी पूर्णप्रसाद चौलागाईंले बताउनु भएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.