Websoft University

सहिद रंगशालामा मंसिर भित्रमा फ्लड लाइट जडान हुने

 


विराटनगर, १४ कात्तिक । रातो तारा डट कम, आगामी मंसिर भित्रमा सहिद रंगशाला विराटनगरमा फ्लड लाइट जडान भईसक्ने भएको छ । फ्लड लाइट जडानका लागि आवस्यक सामाग्री आईसकेकाले मंसिर भित्रमा काम सम्पन्न हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । रंगशालामा फ्लड लाइट जडानका लागि  आवस्यक सामाग्रीहरु ल्याएपछि अनुगमन गर्दै मन्त्री घिमिरेले मंसिर मसान्त भित्रमा काम सकिने बताउनुभयो ।   


गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभिवीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी ठेक्का सम्झौता भएको थियो ।  लकडाउनका कारण भारतबाट सामाग्री ल्याउन समस्या भएपछि निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको मन्त्री घिमिरेले बताउनुभयो ।

कोरोनाको संक्रमण रोक्न सरकारले नेपाल र भारतको सीमा सील गरेको कारण देखाउँदै कम्पनीले सामग्री ल्याउन नसकेको कार्की बन्धु अमर जेभिका प्रोपाईटर गणेश कार्कीले बताउनुभयो । उहाँले मंसिर भित्रमा काम सम्पन्न गरिने बताउनुभयो । उहाँका अनुसार अहिले ३३ मिटरका मास्ट (पोल) र १०८ वटा लाईट ल्याईसकीएको बताउनुभयो । 

लकडाउनले भारतबाट आवश्यक निर्माण सामग्री ल्याउन समस्या भएपछि पछिल्लो पटक पुस २८ गते सम्मको समय सीमा दिइएको सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद शाखा प्रमुख कोमल खड्काले बताउनुभयो । मन्त्रालयले फ्लड लाइट जडानका लागि ४ करोड २९ लाख रुपैयाँमा ठेक्का दिएको उहाँले बताउनुभयो ।  




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.