Websoft University

महानगरपालिकाले घरजग्गा कर घटायो।

बिराटनगर, साउन १७ गते । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०७३/७४ देखि लागू हुनेगरी घरजग्गा कर घटाएको छ । काठमाडौं महानगरपालिका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार सेवाग्राहीमा परेको समस्यालाई ध्यानमा राख्दै कामनपाले कर असुलीमा केही छूट गरेको जनाउनुभाकोछ ।
यसअघि मूल सडकअन्तर्गतका घरजग्गा ३ आनासम्म ३ हजार र त्योभन्दा बढीलाई प्रतिआना १ हजार ५ सय रुपैयाँ तिर्नुपथ्र्यो । तर, अब भने मूल सडकअन्तर्गतका जग्गा प्रतिआना १ हजार र १ रोपनीभन्दा धेरै भएमा २० हजारभन्दा बढी तिर्नुपर्दैन । त्यस्तै, सहायक कालोपत्र सडकअन्तर्गतका जग्गा यसअघि ३ आनासम्मलाई ३ हजार र त्योभन्दा बढीलाई १ हजार रुपैयाँ प्रतिआना लिने व्यवस्था थियो । तर, अब भने प्रतिआना ८ सय र १ रोपनीभन्दा बढीको १५ हजार रुपैयाँभन्दा बढी दस्तुर नलिने भएको छ । काठमाडौं महानगरपालिकाको राजस्व महाशाखा प्रमुख काफ्लेका अनुसार सेवाग्राहीले करको रकम बढी भएको गुनासो गर्न थालेपछि महानगरपालिकाले कर घटाएको हो । उनले भने, ‘कर बढी भयो भन्ने धेरै गुनासो आउन थालेपछि हामीले घटाएका हौं ।’
बाटो प्रमाणित भएको कच्ची बाटोमा रहेको ३ आनासम्मको घरजग्गामा प्रतिआना २ हजार र त्योभन्दा बढीमा प्रतिआना ८ सय रुपैयाँ कायम थियो । तर, अब भने यस्तो घरजग्गामा प्रतिआना ५ सय र एक रोपनीमाथिको हकमा १० हजार रुपैयाँ मात्रै कर लाग्ने भएको छ । गोरेटो बाटो प्रमाणित भएको तर बाटो भएको वा नभएको दुवैलाई ३ आनासम्म १ हजार र त्यसन्दा बढीलाई प्रतिआना ८ सय रुपैयाँ लिने गरिन्थ्यो । अब यसमा कमी भई प्रतिआना ३ सय र १ रोपनी बढीमा ७ हजार कर लाग्ने भएको काफ्लेले जानकारी दिए ।
गत २०७२ फागुन १ गतेबाट लागू भएको घरको मूल्याङ्कन दर पनि महानगरपालिकाले परिवर्तन गरेको छ । साना घरधनीलाई मर्का परेको भन्दै महानगरपालिकाले दरमा परिवर्तन गरेको हो । गत फागुनमा गरिएको संशोधनका कारण ठूला करदाताको ३ गुणासम्म कर घटेको थियो भने मझौलाको हकमा ३ गुणासम्म वृद्धि भएको थियो । यसकारण मझौला करदातालाई मर्का परेको भन्दै कर घटाएको  हो ।
यस्ता मझौला करदातालाई लक्षित गर्दै महानगरपालिकाले आर्थिक वर्ष २०७१/०७२ मा तिरेको रकमको १५ प्रतिशतभन्दा बढी कर तिर्नु नपर्ने व्यवस्था गरेको छ । त्यस्तै, भूकम्पबाट घरजग्गा पूर्णरूपमा क्षति भई ‘क’ वर्गको भूकम्पपीडित प्रमाणपत्र लिएकाहरूको घरजग्गाको कर नलिइने भएको छ ।
त्यस्तै, व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर र सवारी करको हकमा चालू आवको असोज मसान्तसम्ममा कर तिरेमा लाग्ने शुल्कको रू. १० प्रतिशत छूट गरेको राजस्व महाशाखाले आफनो  अनलाइनमा छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.