Websoft University

काबुलमा शक्तिशाली विस्फोट


कबुल, श्रावन १७ गते।  अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली विस्फोट भएको छ । विदेशीलाई लक्षित गरी विस्फोट गराइएको हो । विदेशीहरु बस्ने गरेको घरको कम्पाउन्डमा लरी बम विस्फोट गराइएको हो । 
विस्फोटमा चार जनाको संलग्नता रहेको आशंका गरिएको छ । तालिवानले घटनाको जिम्मेवारी लिएको छ । बम विस्फोट गराएलगत्तै गोली चलेको आवाजसमेत सुनिएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । घटनास्थललाई सुरक्षाकर्मीले घेरा हालेका छन् । 
नर्थ गेट भारी सुरक्षा व्यवस्था भएको क्षेत्र हो । तीन वर्षअघि पनि यहाँ यस्तै आक्रमण भएको थियो । गत साता काबुलमा भएको दुई आत्मघाती बम आक्रमणमा ८० जना मारिएका थिए। घटनामा दुई सय बढी घाइते भएका थिए । उक्त घटनाको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो । एजेन्सी
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.