Websoft University

ओली सरकारले गरेको सम्झौता सबै लागू गर्ने।

बिराटनगर, साउन १० गते । कांग्रेस सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली सरकारले गरेको सम्झौता लागू गर्ने बताएका छन् ।
संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि भएको छलफलमा हिजो भाग लिंदै देउवाले भने, ‘ओलीले गरेका सन्धी सम्झौता लागू हुन्छन् ।’ उनले चीन र भारतसँग नेपालले सन्तुलित सम्बन्ध राख्नुपर्ने बताए ।
देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाललेजस्तो व्यक्तिगतरुपमा प्रधानमन्त्री र संस्थागतरुपमा एमालेमाथि आक्षेप लगाएनन् ।
देउवाले सरकारका केही कामप्रति भने आफ्नो पार्टीको रिजर्वेसन रहेको उल्लेख गरे । उनले नागरिकले एक अर्काप्रतिको देशभक्तिमा शंका गर्न नहुने बताए । ‘आफूलाई देशभक्त अरु होइन भन्ने अधिकार कसैको छैन,’ उनले भने, ‘देशशक्ति राष्ट्रिय सुरक्षासँग जोडिएको हुन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.