Websoft University

चिनियाँ पत्रकाहरुलाई भारत छाड्न आदेश !



एजेन्सी–तीन जना चिनियाँ पत्रकाहरुलाई भारत छाड्न दिएको आदेश प्रति चिनियाँ मिडियामा हंगामा मच्चिएको छ । चीनको सरकारी दैनिक अखबारमा सो घटनापछि लेखिएको छ, भारतको यो कदमले गम्भीर परिणाम ल्याउने निश्चित छ । चिनियाँ सरकारी दैनिक अखबार ग्लोबल टाइम्सले सम्पादकीय लेखेरै भारतका यस्ता कदमले गम्भीर परिणति निम्त्याउने विश्लेषण गरेको हो । टाइम्सको सम्पादकीय उद्धृत गर्दै नवभारत टाइम्सले लेखेको छ, चीनले परमाणू आपूर्तिकर्ता समुहमा भारतलाई असहयोग गरेपछि उसले चीनप्रति बदला लिइरहेको छ । यो यसैको परिणाम हो । उसले यदि नयाँ दिल्लीले बदला लिननै खोजेको हो भने यसले गम्भीर परिणाम ल्याउनेछ । केही दिनअघि चिनियाँ न्युज एजेन्सी दिल्ली ब्यूरोका तीन पत्रकारलाई भारतले देश छाड्न आदेश दिएको र उनीहरुको भिजा अवधि समेत रोकेको थियो । लाइट नेपालबाट, साउन १० गते।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.