Websoft University

समितिले लोकमान सिंह समेतलाइ बोलायो।

बिराटनगर,श्रावण ७, गते । संसदको सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लाेकमान सिंह कार्कीसहित सबै पदाधिकारीलाई छलफलको लागि आइतबार बोलाउने निर्णय गरेको छ । समितिको हिजो बसेको बैठकले काठमाडौं विश्वविद्यालयको एमडी/एमएस प्रवेश परीक्षामा अख्तियारले हस्तक्षेप गरेको बिषयमा छलफलका लागि पदाधिकारी बोलाएको हो ।
समितिको बैठकमा काठमाडौं विश्वविद्यालयका पदाधिकारीसँग अख्तियारले हस्तक्षेप गरेको बिषयमा छलफल गरेको थियो । समितिले हस्तक्षेपको बिषयमा छानबिनको लागि उपसमितिसमेत बनाउने निर्णय गरेको छ ।
समितिको बैठकमा सांसद अमनलाल मोदीले अख्तियारका प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने बिषयमा सांसदहरुले खुलारुपमा छलफल गर्ने हिम्मत गर्नुपर्ने बताए ।
कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग गर्दै गोविन्द केसी अनशनमा छन् ।
समितिको बैठकमा उपस्थित काठमाडौं विश्वविद्यालयका रजिष्टार भोला थापाले अख्तियारले विश्वविद्यालयको प्राज्ञिक क्षेत्रमा हस्तक्षेप गरेको र सोही क्रममा विश्वविद्यालयको कम्युटरमा प्रयोग गरिएको सीपीयूसमेत लिएरगएको बताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.