Websoft University

कल्याणकारी मावि सिंहदेवीको स्वर्ण महोत्सव र ऎतिहासिक पृष्ठभुमि



यमबहादुर ठकुरी/सिंहदेवी,मोरङ, माघ १६ घते । २०७३,
रातो तारा डट कम - बिस्तारै पुर्वान्चलको पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गरेको उत्तरी मोरङको पहाडी गाविस सिंहदेवीको एक मात्र माध्यमिक विद्यालय कल्याणकारीले फागुन तेह्र गते स्वरण महोत्सव भव्यताका साथ मनाउदैछ।

दिलीप ठकुरीको संयोजकत्वमा ५७सदस्यीय मुल समारोह समिति र १३वटा उपसमिति गठन गरि स्वर्ण महोत्सव मनाउने तयारीमा जुटेको विद्यालयका प्रधानाध्यापक वसन्तकुमार खाण ठकुरीले बताए।

सङ्क्षिप्त ऎतिहासिक पृष्ठभूमि:-
वि.स.२०२३सालमा स्थापना भएर समयको माग र परिस्थितिलाई मध्यनजर राख्दै १३जना विद्यार्थी र ३/४जना शिक्षकसगै अस्तित्वमा आएको कल्याणकारीको शुरूवाती अवस्था अत्यन्तै नाजुक थियो।२०२३सालमा तत्कालीन समितिका अध्यक्ष खड्गबहादुर शाहीको कार्यकालमा कल्याणकारीले प्राथमिक विद्यालयको रुपमा औपचारिकता पाएको हो।

विद्यालयले मान्यता पाएपछि शिक्षक ,विद्यार्थी र अभिभावक मात्रै होइन सिंहदेवीवासीकै खुशीको सीमा नै रहेन।
त्यसै गरि क्रमशः २०३९सालदेखि निमावि पनि सन्चालन हुन थालेको तर त्यतिले मात्रै यहाँको शैक्षिक आवश्यकता पूरा नहुने ठानी २०५३सालदेखि प्रस्तावित माविको रुपमा सन्चालन हुन थालेको विद्यालयका प्रअ खाण ठकुरी बताउँछन।यसले केही मात्रामा भए पनि त्यहाँको शैक्षिक आवस्यकतालाई परिपुर्ति गर्ने काम गरेको अभिभावकहरु बताउँछन।त्यतिबेला अध्यक्ष र प्रअमा क्रमशः पृथ्वीराज खाणठकुरी र केवलराम दङ्गाल रहेका थिए।

प्रस्तावित मा.वि.भएपछि २०५५सालमा राम्रै नतिजा ल्याउन सफल भए पनि पछिल्ला वर्षहरुमा भने एसएलसीको नतिजा सन्तोषजनक आउन नसकेको शिक्षकहरु बताउँछन।
प्रस्तावित मावि भएकाले निजी स्रोतमा अभिभावकहरुबाट चन्दा सङ्कलन गरेर चलाउनु पर्ने बाध्यताका कारण,शिक्षकहरु फेरबदल भइरहने समस्याले पनि विद्यार्थीको पढाइमा सुधार आउन सकेन।

 हाल:-
अहिले भने विद्यालयमा मावि र निमाविमा स्थायी दरबन्दी परेकाले,शिक्षक,विद्यार्थी र अभिभावकहरुले उक्त समस्याप्रति देखाएको चासोका कारण विद्यालयको सम्पुर्ण पक्षमा सुधार आउने कुरामा अभिभावकहरुमा आशा पलाएको छ।
हाल शिक्षक सङ्ख्या १२ जनाविद्यार्थी  २९५ जना रहेको विद्यालयले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.