Websoft University

डाक्टर मदन कोइरालाको ब्रम्हलूट



विराटनगर, माघ १७ गते । विराटनगर – १३ स्थित नाक
,कान, घाँटी सम्बन्धी डाक्टर डा. मदन कोइरालाका कर्तुतहरु एकपछि अर्को हुँदै सार्वजनिक हुन थालेका छन् । कोशी नर्सिङ होमका नामबाट व्यवसाय सञ्चालन गर्दै आएका डा. कोइरालाले नर्सिङ होमको बोर्ड कहिँ पनि राखेका छैनन् ।

आफ्नै निजी निवासमा नर्सिङ होम सञ्चालन गर्दै आएका कोइरालाले आफ्नो नामको बोर्डमा कोशी नर्सिङ होम उल्लेख गरे पनि त्यसलाई पछि मेटिएको छ ।
जसरी पनि पैसा कमाउने नाममा सर्वसाधारणसँग अनावस्यक रुपमा रकम असुल्ने डा. कोइरालाले आफ्नै निवासमा श्री ओम मेडिसिन सेन्टर, सगरमाथा ल्यावोरेटरी र एक्सरे सञ्चालन गर्दै आएका छन् ।

कोशी अञ्चल अस्पतालमा कार्यरत हुँदा नाक कान घाँटीमा यस क्षेत्रमा परिचित बनेका डाक्टर कोइरालाले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई अहिले आएर धन्दाका रुपमा विकसित गरेका छन् ।
कोइरालाका कर्तुतका बारेमा बुझ्न पाँच मिनेट मात्र उनको कथित अस्पतालमा बस्नुपर्छ, उनको पीडित विमारीसँगको ताण्डवलाई सहज अनुभूति गर्न सकिन्छ ।

 विरामी उनको कार्यकक्षमा प्रवेश गर्नासाथ नाक, कान, घाँटीसम्बन्धी जुनसुकै विरामीलाई पनि एकै प्रकारको परीक्षणहरु गराउने गरेका छन् । उनको अस्पतालमा रहेको सगरमाथा ल्यावोरेटरी नामक ल्यावमा परीक्षण गरिन्छ तर विल दिइँदैन । ल्याव टेक्निसियनका रुपमा रहेका विष्णु चौधरीले तपाईंको यति पैसा लाग्छ भनेर जथाभावि रकम लिने गरेका छन् ।

रिपोर्ट हेरेपछि डाक्टरले जथाभावि औषधिको सिफारिस गर्ने गरेका छन् । त्यसपछि आफ्ैले खोलेको श्री ओम मेडिसिन सेन्टरबाट औषधि लिन सिफारिस गर्छन् । विरामीले औषधि बाहिरबाट खरिद गर्छ कि भनेर औषधि आफूलाई देखाउन अह्राउँछन् । सबै खालका विरामीलाई आफ्नै औषधि पसलमा रहेको एकैखालको औषधि सिफारिस गर्नेगरेका छन् उनले । आफूकहाँ आउने विमारीलाई अत्यधिक कमिसन रहेको महँगो औषधि किन्न बाध्य बनाउने गरेका छन् ।

कतिपय सामान्य विमारीलाई पनि अप्रेसन गर्नुपर्छभनेर मानसिक रुपमा दबाब दिँदै रकम असुल्ने गरेको विराटनगर–१३ का पीडित केशव बस्नेत बताउँछन् । उनले आफ्नो छोरा समिरको कानमा समस्या भएपछि डक्टरलाई जचाउँदा तुरुन्तै अप्रेसन गर्न सुझाए । धरानस्थित विपी कोइराला मेमोरियल अस्पतालमा सामान्य कान सफा गर्दा नै ठीक भएको बस्नेतको भनाई छ ।

यस्तै, सप्तरीकी एक पीडितले घाँटीको समस्या भएर आएको, तर डाक्टरले नचाहिँदो ल्याव टेस्टलगायतको सिफारिस गरे । उनले अरु विमारीलाई दिने महँगा औषधि नै आफूलाई पनि सिफारिस गरेपछि आधा मात्र औषधि लिनु परेको उनले बताइन् ।

धनकुटाकी सुनिता नामकी एक महिला थाइराइडको समस्याले ग्रस्त भएपछि डाक्टरको सम्पर्कमा पुगिन्, पाँच वर्षदेखि उनले डाक्टर कोइरालाले सिफारिस गरेको औषधि सेवन गरिरहेको बताएकी छिन्। जति औषधि सेवन गरे पनि रोग विषेक नभएपछि अस्पतालमा भेटिएकी उनले डाक्टरले दुई महिना, चार महिनामा १५ देखि २० हजार रुपैयाँसम्म असुल्ने गरेको गुनासो सुनाइन् ।

डाक्टर कोइरालाको नर्सिङ होममा अधिकांश पीडित भारतीय रहेको पाइएको छ । भारतीय विमारीहरु उनै डाक्टरको कोपभाजनमा पर्ने गरेका छन् । फारविसगञ्जबाट उपचारका लागि कोइरालाको अस्पतालमा आएका मो. राइचले डाक्टरले जथाभावी महँगो औषधि लेख्नेगरेको आरोप लगाएका छन् । उनले भने‘भारु पाँच हजार रुपैयाँ लिएर आएको थिएँ, घर फर्किने भाडा पनि सकियो।’ छिमेकीहरुले डाक्टर कोइरालाको क्लिनिकमा नजान सल्लाह दिँदादिँदै पनि आएको भन्दै उनले दुखेसो पोखे ।

केही समयअगाडि उपचारार्थ डाक्टर कोइरालाको क्लिनकमा पुगेका इलामका एक पीडितले आफूलाई जथाभावी ल्याव टेष्ट गराउन लगाएर नचाहिँदो औषधि भिडाएपछि उनी पीडितको कोपभाजनबाट बालबाल बचेका थिए । बाथरुममा पसेर बाहिर ननिस्किएपछि उनलाई त्यहाँका स्टाफहरुले जोगाएका थिए ।

डाक्टर कोइरालाका यस्ता अनगिन्ती करतुतहरु रहेका छन् । उनले राजश्व समेत ठगी गर्दै गरेको सोही अस्पताल स्रोतले बताएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.