Websoft University

औषधिको अभावमा स्वास्थ्य संस्था सुनसान



महोत्तरी, माघ १७ – महोत्तरी जिल्लाका स्वास्थ्य संस्था औषधि अभावमा सुनसान देखिन थालेका छन् । सरकारले स्वास्थ्य संस्थामा नियमित स्वास्थ्यकर्मी बस्ने र निःशुल्क औषधि पाइने प्रचार गरिरहे पनि जिल्लाको अवस्था त्यस्तो छैन ।

गाउँका स्वास्थ्य संस्थामा न औषधि पाइन्छ, न सल्लाह दिने स्वास्थ्यकर्मी नै भेटिन्छन् । नियमित अनुगमन नहुँदा स्वास्थ्य संस्था बेकामेजस्ता भएका छन् ।

केन्द्र र क्षेत्रबाट औषधि नआएको स्थानीयस्तरमा खरिद गर्नुपर्ने औषधिको बोलपत्र पनि समयमा नगरेका कारण जिल्लामा तीन महिनादेखि औषधि अभावमा जिल्लाभरका ७६ स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा चहलपहल देखिँदैन ।

औषधि हुँदा दिनहुँ ती स्वास्थ्य संस्थामा बिरामीको भीड लाग्ने गर्दथ्यो । तर औषधि अभाव र स्वास्थ्यकर्मीको अनुपस्थितिका कारण यहाँका स्वास्थ्य संस्थाबाट उपचार सेवा पाउन सर्वसाधारणलाई मुस्किल भएको छ ।

दैनिक सरदर तीन सय भन्दा बढी बिरामी आउने जिल्लाभरका स्वास्थ्य संस्थामा औषधि अभावसँगै बिरामीको सङ्ख्या पनि घट्दो छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.