Websoft University

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन सय २९ जना चार्टर्ड एकान्टेन्टहरुलाई दीक्षित गर्नु भएको छ



काठमाण्डौ माघ १८ गते ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले मंगलबार राजधानीमा गरेको दीक्षान्त समारोहोमा राष्ट्रपति विद्यादेवी भण्डारीले तीन सय २९ जना चार्टर्ड एकान्टेन्टहरुलाई दीक्षित गर्नु भएको छ ।

चार्टर्ड एकान्टेन्ट्सहरुलाई दीक्षित गर्दै राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक अनुशासन कायम गर्न चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका अहम हुने भएकाले आचारसंहिता पालना गर्दै काम गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा शिक्षा मन्त्री धनिराम पौड्यालले दीक्षित चार्टर्ड एकाउन्टेन्टहरुबाट देशले धेरै अपेक्षा गरेको बताए । समयअनुसार चार्टर्ड एकाउन्टेन्टको पठनपाठन परिमार्जन गर्दै लैजान आफू सक्रिय रुपमा लागि परेको बताउनु भयो ।

कार्यक्रमका सहभागीहरुले चार्टर्ड एकाउन्टेन्ट पढ्न विदेशिनुपर्ने अवस्था अन्त्य गराउन सरकारलाई सुझाव दिनु भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.