Websoft University

सन्ततिलाई बिभिन्न विषयमा अध्ययनका लागि भन्दै सरकारले ठुुलो रकम छुट्यायो


काठमाडौं, माघ १८ गते । २०७३, रातो तारा डट कम -
सरकारले निजामती कर्मचारीका सन्ततिलाई बिभिन्न विषयमा अध्ययनका लागि छात्रवृत्तिस्वरुप ५० करोड ७७ लाख रुपैयाँ वितरण गरेको छ ।

 छात्रवृत्ति कार्यक्रमका सुरुवातदेखि हालसम्म सात वर्षको अवधिमा कर्मचारीका दुई हजार चार सय २१ जना सन्ततिका लागि ५० करोड ७७ लाख २९ हजार रुपैयाँ वितरण गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले निजामती कर्मचारीलाई प्रोत्साहनस्वरुप तिनका छोराछोरीका लागि आर्थिक वर्ष ०६६/६७ देखि बिभिन्न विषयमा छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

हालसम्म सबैभन्दा धेरै छात्रवृत्ति इन्जिनियरिङ पढ्ने एक हजार ३७ विद्यार्थीहरुले पाएका छन् ।

मन्त्रालयले आर्थिक वर्ष ०६६/६७ मा कर्मचारीका मेधावी सन्ततिका लागि एमबीबीएस, बीडीएस र इन्जिनियरिङ विषयमा छात्रवृत्ति प्रदान गरेको थियो । 

तर अहिले कृषि विज्ञान, पशुविज्ञान, आयुर्वेद, वनविज्ञान, व्यवस्थापन, नर्सिङ र विज्ञान विषय गरी १० विषयमा छात्रवृत्ति दिन थालिएको
 छ । नयाँ पत्रिका दैनिक

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.