Websoft University

मोरङ र झापाबाट लागुऔषध सहित ५ जना पक्राउ


बिराटनगर, फाल्गुन १६ गते । रातो तारा डट कम,मोरङ र झापा जिल्लाका ३ छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार दिउँसो प्रहरी चौकी कोयलपुवाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को १४ प ८६७९ नम्बरको मोटरसाईकलमा सवार रहेका चालक सुन्दरहरैचा-११ का ३३ बर्षीय सुरेन्द्र राई र मोटरसाईकलको पछाडी सवार रहेका ईटहर उपमहानगरपालिका-५ का २६ बर्षीय मनिष परियारलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले एभिल ३८ ट्याब्लेट, फेरागन १९ ट्याब्लेट,  डाईजोल्याब २४ ट्याब्लेट, लुपिजेसिक २४ ट्याब्लेट, सामसुङ मोवायल २ थान, लेनोभो मोवायल १ थान र नोकिया मोवायल १ समेत बरामद गरेको
छ । यसैगरी जिल्ला प्रहरी कार्याल मोरङबाट खटिएको प्रहरी टोलीले आज बिहान राती पौने १ बजे बिराटनगर महानगरपालिका -११ का २६ बर्षीय दिपेश श्रेष्ठ र निजकै श्रीमती २१ बर्षीया तृष्णा श्रेष्ठलाई लागुऔषध सहित पक्राउ गरेको छ ।

उनीहरुको साथबाट प्रहरीले लुपिजेसिक, एभिल र डाईजोल्याप नामक २६० ट्याब्लेट लागुऔषध बरामद गरेको थियो भने ३ थान सिरिन्ज समेत बरामद गरेको छ । यस्तै लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका-६ बाट लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

बिहिवार साँझ ५ बजे कमल गाउँपालिका-५ का २३ बर्षीय मनिष धिमालको साथबाट  डाईजेपाम २६ ट्याब्लेट, फेनारागन २६ ट्याब्लेट र  लुपिजेसिक २६ ट्याब्लेट बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.