Websoft University

आठौं राष्ट्रव्यापी त्रिवि बीएससी सीएसआईटी कप टी– २० क्रिकेटमा आयोजक न्युसमिट बिजयी


काठमाडौं, फागुन १७ गते ।  रातो तारा डट कम,आयोजक न्यु समिट र सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजी कलेजले आठौं राष्ट्रव्यापी त्रिवि बीएससी सीएसआईटी कप टी– २० क्रिकेट प्रतियोगितामा शनिबार बिजयी शुरुवात गरेका छन् । डिफेन्डिङ च्याम्पियन समेत रहेको आयोजक न्युसमिटले सेन्टजेभियर्सलाई ४५ रनले हराउँदा सगरमाथाले १ वकेटले स्वस्तिक कलेजलाई स्तब्ध बनायो । 

मुलपानी क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा आयोजक न्युसमिट कलेजले टस जितेर पहिलो ब्याटिङ गदै १५ ओभरको खेलमा ६ विकेटको क्षतिमा ११४ रन जोड्न सफल भयो । म्यान अफ द म्याच समेत चुनिएका प्रनव डाँगीले ३४ बलको सामना गदै ५ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ४७ रन जोडे । सेन्टजेभियर्सका प्रसुन्न पौडेलले २ ओभरमा २१ रन खर्चिएर २ विकेट लिएका थिए ।

सेन्टजेभियर्स कलेजले  ११५ रनको चुनौती पछ्याउन क्रममा ९ विकेटको क्षतिमा ६९ रनमात्र जोड्न सक्यो ।  सेन्टजेभियर्सका सन्दिप भुजेलले २३ बलमा सवाधिक १३ रन बनाए । ४५ रनले खेल जितेको न्यु समिटका लागि कप्तान राजिब गुरुङले कसिलो बलिङ गदै ३ ओभरमा १८ रन खर्चिएर ३ विकेट लिदा बिशाल जोशीले पनि २ ओभरमा २० रन दिएर ३ विकेट लिन सफल भएका थिए ।

न्युसमिट कलेजको आयोजनामा संचालन भएको दोश्रो खेलमा सगरमाथाले स्वतिक कलेजमाथी १ विकेटको रोमान्चक जित निकाल्यो । पहिलो ब्याडिङ रोजेको स्वतिकले सगरमाथाका लागि २० ओभरको खेलमा ११९ रनको चुनौती पेश गर्दा अनिस श्रेष्ठले सर्वाधिक ३७ रन जोडेका थिए । सगरमाथालाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका अनुप नेपालले ४ ओभरको बलिङमा १ मेडन राख्दै १६ रन खर्चिएर २ विकेट लिदा ब्याटिङतर्फ महत्वपूर्ण २८ रन जोड्दै टिमलाई १९.३ ओभरमा जिता दिलाउदै मैदान बाहिरीएका थिए । सगरमाथाका रिशफजंग कार्कीले सर्वाधिक ३० रनको योगदान दिए ।

फागुन २८ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका सभासद मणिराम फुयल,न्यु समिट कलेजका प्रिन्सिपल डा. शिवदत्त ज्ञवाली, निर्देशकत्रय चोकराज दबाडी,भरत गिरी,अजयप्रसाद ढकाललगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताका  विजेताले ६० हजार र उपविजेताले ४० हजार नगद पुरस्कार पाउने छन् ।



फोटो म्यान अफ द म्याच समेत चुनिएका प्रनव डाँगी

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.