Websoft University

मिरा साउन्ड रेकर्डिङ स्टुडियोको औपचारिक उद्घाटन


 काठमाडौं । रातो तारा डट कम, नेपाली गीत संगीतको क्षेत्रमा आधुनिक किसिमको सुविधा युक्त स्टुडियो  मिरा साउन्ड रेकर्डिङ स्टुडियो को आज नेपाली सुगम संगीतमा निकै परिचित गायिका अन्जु पन्तले एक कार्यक्रमको विच रिवन काटेर उद्धघाटन गरिन । काठमाडौंको धोबिधारामा संचालनमा आएको मिरा साउन्ड रेकर्डिङ स्टुडियो आजबाट संचालनमा आएको हो । 

गायिका अन्जु पन्तले उद्घाटन समारोहमा बोल्दै  नेपाली सुगम तथा चलचित्रका गीत संगीतको विकाश र विस्तार गर्ने कुरामा  संगीतकार विकास चौधरीको व्यवस्थापनमा आएको मीरा साउन्डमा पक्कै पनि गुणस्तरीय रेकर्डिङ हुने बताइन् । मीरा साउन्डलाई सफलताको शुभकामना दिँदै  गीतसंगीत एवं चलचित्र क्षेत्रमा धेरै स्टुडियोहरु भए पनि मीरा साउन्डले फरकपन दिने विश्वास लिएको उनले बताइन् ।

मिरा साउन्डमा गीतसंगीत रेकर्डिङ, फिल्म डविङ एवं अत्याधुनिक प्रविधियुक्त क्यामेरा, ड्रोन क्यामेरा लगायतका फिल्म तथा म्यूजिक भिडियोको सुटिङका लागि आवश्यक पर्ने सामग्रीहरुसमेत भाडामा उपलब्ध गराइने संगीतकार विकास चौधरीले जानकारी दिए । 

स्टुडियो उद्घाटनसँगै अन्जु पन्त फाउन्डेशनलाई २५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो । उक्त रकम लेखक निर्देशक लय संग्रौला, ओम प्रतीक, उदय सुब्बा, नृत्य निर्देशक दिनेश पाख्रिन र संगीतकार विकास चौधरीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । अन्जु पन्त फाउन्डेशनका लागि अमेरिकामा रहनुहुने स्टुडियोका संचालक लोक पौडेल र प्रोप्राइटर मीरा पाठकले उक्त सहयोगको रकम पठाएकाथिए ।

 गीतसंगीतमा लगानी गरिरहँदा एउटा गायिकाले समाजसेवामा फैलाएको हातमा सबैले सहयोग गर्नुपर्ने महसुस भएको कारण मिरा साउन्डको तर्फबाट उक्त रकम सहयोग गरेको संगीतकार चौधरीले बताए ।

कार्यक्रममा निर्देशक, लेखक तथा गीतकार लय संग्रौलाले मेहनती संगीतकारको रुपमा विकास चौधरीलाई पाएको बताउँदै उनको व्यवस्थापनमा स्टुडियो संचालनमा आउनु राम्रो काम भएको बताए । उनले संचालकहरुलाई बधाई दिँदै आगामी दिनमा आफूहरुले गर्ने चलचित्र एवं गीतसंगीतका सम्पूर्ण कार्यमा मीरा साउन्डको महत्वपूर्ण भूमिका रहने बताउँदै सहकार्य गर्ने प्रतिबद्धतासमेत दिए ।

कार्यक्रममा लेखक निर्देशक ओम प्रतीक, निर्देशक उदय सुब्बा, नृत्य निर्देशक दिनेश पाख्रीन, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी लगायत पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार दयाराम घिमिरेले गरेका थिए । 

स्टुडियोको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी संगीतकार विकास चौधरीको जिम्मामा रहेको छ भने रेकर्डिङ तथा मिक्सिङमा गोविन्द सोनी रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.