Websoft University

एन आई सी एशिया बैंकद्वारा खातावालालाई औषधी उपचार वापत बीमा रकम भुक्तानी



बिराटनगर फागुन १५ गते । रातो तारा डट कम,एन आई सी एशिया बैंक लिमिटेडको रानी मिल्स एरीया शाखाले चमत्कारिक बचत खाता वाहक ग्राहक महानुभावलाई औषधी उपचार बीमा रकम भुक्तानी गरेको छ । बैंकको चमत्कारिक बचत खाता योजना अन्तर्गत विराटनगर निवासी श्री पूर्णिमा श्रेष्ठज्यूलाई औषधी उपचार वापतको बीमा दावी रकम रू. ६१,५२९÷ हस्तान्तरण गरिएको हो । 

बैंकको तर्फबाट उक्त शाखा प्रबन्धक श्री शंकर सुवेदीज्यू तथा उप–प्रादेशिक कार्यलय विराटनगरका प्रमुख श्री विष्णु प्रसाद आचार्यज्यूले एक कार्यक्रमका आयोजना गरि चेक हस्तान्तरण गर्नुभएको थियो ।

एन आई सी एशिया बैंकबाट कारोबार गर्दै आउनुभएको श्री पूर्णिमा श्रेष्ठज्यूले कार्यक्रममा औषधी उपचार वापतको उक्त रकम बुझ्नुभएपछि बैंकप्रति विश्वास बढेर आएको बताउनुभयो । यस बैंकमा न्यू सुपर चमत्कारिक खाता खाल्नुभएका ग्राहक महानुभावहरूले २१ लाख रुपैयाँसम्मको तीन चमत्कारिक बीमा सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु वा पूर्ण रुपमा अशक्त भएमा रू. १० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि रू. १० लाखसम्मको बीमा सुविधा तथा रू. १ लाखसम्मको औषधी उपचार बीमा सुविधा बैंकले उपलब्ध गराउदै आएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५० एटिएम, १०६ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्।

उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको
छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.