Websoft University

प्रदेश १ सरकारलाई आवश्यक पर्ने संरचना निर्माणका लागि विराटनगर महानगरले सहयोग गर्ने

विराटनगर । रातो तारा डट कम, प्रदेश १ सरकारलाई आवश्यक पर्ने संरचना निर्माणका लागि विराटनगर महानगरले सहयोग गर्ने भएकोछ ।प्रदेश सरकारका ब्यवस्थापिका ,कार्यपालिका, न्यायपालिका, र संबैधानिक निकायका संरचना निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने विषयमा महानगर तयार भएको हो ।
विराटनगर महानगरका मेयर भीम पराजुलीले आज प्रदेश १ का सभामुख प्रदिप भण्डारीलाई ज्ञापनपत्र बुझाउदै यस्तो प्रतिबद्धता जनाएका हुन् । मेयर पराजुलीले प्रदेश राजधानीको स्थानीय सरकारका तर्फबाट निर्वाह गर्नुपर्ने भुमिकामा कुनै कमी हुन नदिने बताए । उनले प्रदेश सरकारका प्रशासकीय केन्द्र एकै स्थानमा एकीकृतरुपमा निर्माण गर्न विराटनगर महानगरमा रहेका दर्जन बढी स्थानमा रहेका आवश्यक जग्गाहरु महानगर,प्रदेश सरकार र संघीय सरकारको समन्वयमा आवश्यक कानुनी प्रक्रिया पुरा गरी उपलब्ध गराउन तयार रहेको जानकारी दिए ।
विराटनगर महानगरका १९ वटै वडामा प्रयाप्त जग्गा रहेको र ती स्थानमा आवश्यक संरचना बनाउन सक्ने ठम्याइसहित महानगरले सभामुख भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै सभामुख भण्डारीले प्रदेश सरकारका विभिन्न मातहतका निकायलाई आवश्यक संरचना आवश्यक रहेको र त्यसका लागि महानगरले देखाएको प्रतिबद्धता प्रति आभार ब्यक्त गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.