Websoft University

सन्दीपले एसिया ११ बाट खेल्ने


काठमाण्डौ । रातो तारा डट कम,नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एसिया ११ बाट खेल्नुहुने भएको छ । बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्ने मुजिब १०० टि २० कप बंगलादेश २०२० अन्तर्गत विश्व ११ र एसिया ११ बीच हुने खेलमा सन्दीप टोलीमा समेटिनुभएको हो । 

दुई खेल हुने सिरिज मार्च २१ र २२ मा बंगलादेशको शेर ए बंगला रंगशालामा हुनेछ । एसियाको टोलीमा भारतीय कप्तान विराट कोहली, श्रीलंकका लसिथ मालिंगा, बंगलादेशका मुस्ताफिजुर रहमान, अफगानिस्तानका राशिद खान लगायत स्टार खेलाडी समावेश छन् । सन्दीपले सम्भवतः एभरेष्ट प्रिमियर लिगको एक खेल गुमाउनुहुनेछ । 

इपिएल मार्च १४–२८ सम्म टियू मैदानमा आयोजना हुनेछ । इपिएल सकिएपछि सन्दीप आईपिएल खेल्न भारत प्रस्थान गर्नुहुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.