Websoft University

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनु पर्ने


काठमाण्डौ । रातो तारा डट कम,सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद तथा पुर्व कानुनमन्त्री शेरवहादुर तामाङले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने गरी संविधान संशोधनको प्रस्ताव राख्नुभएको छ । 
प्रतिनिधिसभाको हिजोको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा सांसद तथा पूर्व कानूनमन्त्री शेरवहादुर तामाङले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने गरी शासकीय स्वरुप बनाउनुपर्ने बताउनुभयो । संविधान जारी गर्ने बेला त्रुटि भएको भन्दै उहाँले अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निर्वाचन प्रणालीमा जानको लागि ध्यानाकर्षण गराउनुभयो ।  

तामाङले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा जाँदा १ सय ५१ सदस्यीय एउटा मात्रै संसद पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था गर्न समेत प्रस्ताव राख्नुभयो ।  तामाङले संघीय संरचनालाई समन्वयकारी मात्र बनाउने र स्थानीय तहको संख्या ७ सय ५३ बाट घटाएर ३ सय ५० को हाराहारीमा ल्याउन पनि प्रस्ताव राख्नुभयो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.