Websoft University

गोठगाउँमा विश्वविद्यालय सर्ने भएपछि जनप्रतिनिधिसहित स्थानीयले यसरी गरे दीप प्रज्वलन


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,गोठगाउँमा विश्वविद्यालय सर्ने भएपछि जनप्रतिनिधिसहित स्थानीयले यसरी गरे दीप प्रज्वलन। पुर्वाञ्चल विश्वविद्यालयको कार्यालय मोरंगको सुन्दरहरैंचास्थित गोठगाउँ सरेको छ ।विश्वविद्यालयको कानुन संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पास भएपछि विश्वविद्यालयको प्रशासनीक काम अब गोठगाउँबाटै हुने पक्कापक्की भएको हो । अब विधेयक औपचारिकताका लागि राष्ट्रिय सभामा पेश गरिनेछ । 

गोठगाउँमा पर्याप्त पुर्वाधार भएर पनि लामो समयदेखि विश्वविद्यालयको प्रशासनीक काम विराटनगरबाट सञ्चालन भइरहेको थियो । गोठगाउँबाटै सबै काम हुनुपर्ने माग गर्दै स्थानीयले आन्दोलन गर्दै आएका थिए । 

गोठगाउँबाटै प्रशासनीक काम सञ्चालन हुने भएपछि स्थानीय खुसी भएका छन् । खुसीयालीमा विश्वविद्यालय परिसरमा बुधबार साँझ दिपावली गरिएको छ । सुन्दरहरैंचाका मेयर शिव ढकाल , उपमेयर धनमाया तामाङ, उद्योग वाणिज्य संघ सुन्दर हरैचा का अध्यक्ष नवराज चापागाईं , जनप्रतिनिधि, समाजसेवी, स्थानीयवासी लगायतको सहभागितामा दीपावली गरिएको हो ।

विश्वविद्यालयको मुख्य कार्यालय गोठगाउँ सार्न लामो समयदेखि पहल हुँदै आएको थियो । विभिन्न समितिहरु बनेर संघर्ष हुँदै आएपनि विश्वविद्यालयका पदाधिकारीहरुले विराटनगर छाड्न चासो देखाएका थिएनन् ।

पछिल्लो समय सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकालले पहल लिएका थिए । उनले विश्वविद्यालयको मुख्य कार्यालय गोठगाउँ नै राख्नुपर्ने माग गर्दै मोरंगका सबै पालिकाहरुको हस्ताक्षरसमेत संकलन गरेका थिए । ‘हामीले गरेको संघर्ष आज सफल भएको छ,’ उनले खुसी हुँदै प्रतिक्रिया दिए, ‘अब ८०५ विगाहाको विशाल क्षेत्रफलबाटै विश्वविद्यालयको काम सञ्चालन हुनेछ ।’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.