Websoft University

मदन भण्डारी आँखा अस्पताल उदयपुरको भवन शुक्रबार एक कार्यक्रमका विच हस्तान्तरण


श्याम राई-गाईघाट, फागुन १६ गते । रातो तारा डट कम,जापान सरकारको लगानिमा निर्मित मदन भण्डारी आँखा अस्पताल उदयपुरको भवन शुक्रबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ ।

नेपालका लागि जापानी राजदुत मासामिची साईगोले भवन हस्तान्तरण गरेका हुन् । नेपाल नेत्र ज्योति संघ उदयपुरको मातहतमा रहेको उक्त भवन राजदुतावास, नेपाल सरकार र अन्य निकायको गरी एक करोड ९७ लाख ३४ हजार लागतमा निर्माण भएको हो ।

तीन तला रहेको भवनको सबैभन्दा तल्लो तला ८१ हजार एक सय ९२ अमेरिकन डलर अर्थात नेपाली रुपैँया करिव ९१ लाख ३४ हजार रुपैयाको लागतमा जापान सरकारले राजदुताबासमार्फत सहयोग उपलब्ध गराएको हो । २०७५ पुस १३ गते दुई पंक्षविच भएको सम्झौताअनुसार भवन निर्माण कार्य सम्पन्न भईसकेकाले राजदुत साईगोले नेत्र ज्योती संघ उदयपुरका सभापति भागवत राउतलाई चावी हस्तान्तरण गरेका हुन् ।

यसवाहेक भवनको माथिल्लो दुई तला निर्माणका लागि सहरी विकास मन्त्रालयले गत आव.मा ५० लाख, प्रतिनिधिसभा सदस्य एवंम पुर्वसहरी विकास राज्यमन्त्री मन्जुकुमारी चौधरीले निर्वाचन क्षेत्र विकास कोषअन्र्तगत ४० लाख, नेत्र ज्योति संघ केन्द्रिय कार्यालयबाट १५ लाख र डा. गोपाल पोखरेलबाट एक लाख रुपैँया उपलब्ध भएको सभापति राउतले जानकारी दिए ।

जापान सरकार वाहेक अन्य निकायबाट आएको रकमबाट निर्माण भईरहेको माथिल्लो दुई तलाको निर्माण कार्य अन्तिमचरणमा रहेको र आगामी एक महिना भत्रि उद्घाटन गरिने सभापति राउतले जानकारी दिए । नेपाल सरकार र जापान सरकाले अस्पताल सञ्चालनका लागि एक करोड १५ लाख मुल्य बराबरको उपकरण समेत उपलब्ध गराएका छन् ।

चिकित्सक आवासदेखि लिएर अप्रेशन, सेवाप्रवाह गरी ४२ वटा कोठा रहेको भवन शारिरीकरुपमा अशक्त रहेकाले समेत सेवा लिने गरी निर्माण गरिएको संघका उपसभापति कृष्णकुमार भण्डारीले जानकारी दिए । भवन उद्घाटनसँगै आँखा रोगीका विरामीको अप्रेशनसमेत गर्ने गरी अस्पतालका व्यवस्थापकिय कामलाई अघि बढाइएको सभापति राउतले जानकारी दिए
कार्यक्रममा बोल्दै राजदुत साईगोले नेपाल जापान सरकारविच सदियौँ देखिको सम्बन्ध रहि आएको बताए । उनले नेपालको विकासका लागि जापान सकारात्मक रहेको भन्दै जनताको जीवनस्तरसँग प्रत्यक्ष जोडिने गरी विकास निर्माणमा सघाउ पुर्याईने बताए ।

अस्पताल सञ्चालनका लागि अप्रेशन माईक्रोस्कोप, फाको मेसिन, एस्काईन, डेहुमिडिफर, ओटि वेड, स्टे«लिजेसन सेट, कट्रयाक सेट, स्लाईट ल्याम्प, ट्राइल लेन्स सेट, दृष्टिजाँच एन्त्र, आँखाको नानी हेर्ने पावर मेसिन, मोतिविन्दुको अप्रेशन मेसिन लगायतका उपकरणहरु उपलब्ध भैसकेको सभापति राउतले बताए ।

उपलब्ध सामग्रीमध्ये ३५ लाख मुल्यको ‘फाको’ मेसिन रहेको छ । बाँकी अन्य १५ प्रकारका औजार मेसिन रहेको उनले बताए । आँखाको घाँउलाई सानो बनाएर उपचार गर्ने यो मेसिन नेपालकै प्रसिद्ध आँखा अस्पतालमा मात्र रहेको उनले बताए । सभापति राउतले भने, ‘यसलाई पुर्णरुपले सञ्चालन गर्न २३ जना डाक्टर चाहिन्छ, तत्काल सबै उपलब्ध नभएपनि थोरैबाट भएपनि सुरुवात गर्छौ ।

कर्मचारी व्यवस्थापनका लागि दातृनिकाय र सरकारसँग छलफल भईरहेको उनले बताए । १२ बर्षअघि प्राथामिक उपचार केन्द्रबाट सुरु भएको केन्द्रमा बार्षिक १७ हजार विरामी आउने गरेका छन् । ति मध्ये महिलाको संख्या पुरुषभन्दा बढि रहेको उपचार केन्द्रका प्रमुख डा. दुल्लिराज तिमल्सिनाले बताए ।

उदयपुर लगायत छिमेकी जिल्ला खोटाङ्ग, भोजपुर, ओखलढुंगाबाट बिरामीहरु आउने गरेको उनको भनाई छ । उनले भने, ‘उपचार गर्न आएका विरामी मध्ये महिनामा झण्डै ५० जना अप्रेशनका विरामी आउँछन्, त्यो सेवा हामीसँग नभएपछि सगरमाथा चौधरी आँखा अस्पताल लाहानमा सिफारिस गर्छौ ।

उपचार केन्द्र सञ्चालन भए यता एक लाख ४४ हजार चार सय ६१ जना विरामीले सेवा लिएको उनले बताए । त्रियुगा नगरपालिकाले उपलब्ध गराएको १ बिघा क्षेत्रफलमा आँखा अस्पताल रहेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.