Websoft University

त्रियुगा खोला आसपासको बस्ती छेऊछेऊमा फ्याक्ने गर्नाले नदी किनारका गाउँ बस्ती दुर्गन्धित हुन थाले


श्याम राई÷उदयपुर-गाईघाट, फागुन १४ गते । रातो तारा डट कम,गाईघाट नगर भित्रको फोहोर मैला त्रियुगा खोला आसपासको बस्ती छेऊछेऊमा फ्याक्ने गर्नाले नदी किनारका गाउँ बस्ती दुर्गन्धित हुन पुगेको छ ।

त्रियुगा नगरपालिकाले डम्पिङ्ग साईगको अभावमा अढाई दशकदेखि बजार क्षेत्रबाट संकलन हुने फोहोर मैला त्रियुगा नदी र आसपासको क्षेत्रमा फ्याक्दै आएको छ । दुई वर्ष यता खोला किनारमा क्याम्पस, शब गृह र शान्तीधाम(पार्क) निर्माण भएर संचालनमा आएपछि पहिले फोहोर फ्याक्ने गरेको ठाउँ भन्दा झण्डै १ सय मिटर पूर्व–उत्तर बस्ती रहेको ठाउँ नजिकै फोहोर फ्याक्ने गरिएपछि स्थानीयलाई समस्या परेको छ ।

‘ घर नजिकै फोहोर फ्याक्ने गरेकोले पूरै बस्तीमा दुर्गन्ध फैलिएको छ ।’ पूरानो शब गृह नजिक बस्तीका हरी मुसहरले भने । दुर्गन्ध र फोहरको कारण बस्तीमा कुनै पनि बेला सरुवा रोग फैलन सक्ने खतरा रहेको उनले बताए ।

‘ नगरपालिकाले अहिले दैनिक ६ वटा ट्याक्टर भन्दा बढी फोहर मैला बस्ती छेउमै ल्याएर फ्याक्ने गरेको छ ।’ स्थानीय समाजसेवी राधाकृष्ण तिमिल्सिनाले भने,‘ हामीले पटकपटक यस क्षेत्रमा फोहर मैला नफाल्न मेयरलाई आग्रह गरेको भए पनि कुनै सुनुवाई हुन सकेको छैन ।’ उनले भने ।

‘ मेयरले फोहर मैलाको उचित ठाउँ खोजेर व्यवस्थीत गर्छु भनेको वर्षौ भैसक्यो तर अझै कार्यान्वयन गरेका छैनन् ।’ उनले भने। फोहर मैला र दुर्गन्धको कारण बस्तीलाई खतरामा पार्नेगरि कुनै पनि बेला सरुवा रोग फैलने खतरा रहेको उनले बताए ।

गाईघाट आदर्श गाउँपालिकाबाट त्रियुगा नगरपालिकामा रुपान्तरण भएपछि बड्दो शहरीकरणसँगै गाईघाट नगरमा फोहर मैला जम्मा हुने क्रम वर्षेनी बढिरहेको छ । बजार क्षेत्र व्यवस्थापन हुन सकेको छैन । नगरपालिकाले शुरुदेखि नै फोहर मैला यस क्षेत्रकै प्रसिद्ध नदी त्रियुगामा फ्याक्दै आएको छ । नगरको फोहर मैला नदीमा फ्याक्न थालेपछि नदी प्रदुषित बनेर स्थानीय बासिन्दाहरु खोलामा नुहाउन नै छाडेका छन् ।

नगरको फोहर मैला व्यावस्थापनको लागि नगरपालिकाले डम्पिङ्ग साईड निर्माण गर्नको लागि एक दशक अगाडी नै उपयुक्त ठाउँको खोजी गरेको भएपनि ठाउँ अभाबले डम्पिङ्ग साईड निर्माणमा ढिलाई भएको नगरपालिकाका राजस्व फाटका प्रमुख गुरु ढकालले बताए ।

‘ धेरै, ठाउँमा जग्गा खोजी गरियो । तर भने जस्तो जग्गा कतै पाईएन ।’ उनले भने । जनप्रतिनिधिहरुले पनि डम्पिङ्ग साईड निर्माणमा चासो नदेखाए पछि काम अघि बढ्न सकेन ।’ ढकालले भने ।‘ मैले टिम नै लिएर धेरै ठाउँमा जग्गा खोजी गरे तर भने जस्तो उपयुक्त जग्गा पाउन सकिन । गाईघाट– कदमाहा सडक खण्डको चुरेको बिचमा पर्ने खाल्टोलाई डम्पिङ्ग साईड बनाउने तयारी गरेको भएपनि जनप्रतिनिधिबाट चासो नदेखाउदा काम हुन नसकेको उनले बताए ।

एनले प्रत्येक वर्ष जसो परिषद् बैठकमा डम्पिङ्ग साईडको कुरा उठ्ने गरेको तर काम अघि नबढेको बताए ।‘ डम्पिङ्ग साईड निर्माणमा ढिलाई भएको हो ।’ उनले भने । अब उपयुक्त स्थान को छनौटगरि निर्माण कार्य अगाडी बढाउने उनले बताए ।
आगामी परिषद्बाट डम्पिङ्ग साईड निर्माणको लागि बजेट छुट्टाएर एक वर्ष भित्र निर्माण सक्नेगरि काम शुरु गरिने उनले बताए ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.