Websoft University

विराटनगरलाई समावेशी सहर बनाउने प्रयास जारी छ - मेयर कोइराला


विराटनगर |  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई महिलामैत्री र समावेशी सहर बनाउने प्रयासहरू जारी रहेको बताउनुभएको छ ।

संघीय राजधानीमा काठमाडौंमा सम्पन्न दक्षिण एसियाली महिला सम्मेलनलाई सम्बोधन गर्दै मेयर कोइरालाले लैंगिक उत्तरदायित्वभित्र रहेर बजेट बनाउने गरेको सुनाउनुभयो । ‘हाम्रो लैङ्गिक लेखा परीक्षणमा उच्च अंक छ, समतामूलक सामाजिक संरचना निर्माण गर्नका लागि हामी हाम्रा योजना, बजेट र कार्यहरूका सन्दर्भमा संवेदनशील छौं ।

 हाम्रो महानगरको न्यायिक निकायमा महिला, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृतहरूलाई निःशुल्क कानुनी सहायताको व्यवस्थासहितको सहज पहुँच छ,’ मेयर कोइरालाले भन्नुभयो, ‘तर पनि हामीले धेरै काम गर्नुछ । यस सम्मेलनले विराटनगरमा पनि स्थानीय विकासका विभिन्न क्षेत्रमा थप सहकार्यका लागि नेटवर्क निर्माण गर्छ । नागरिक समाज, विकास साझेदार, निजी क्षेत्र र थिंक ट्याङ्कहरूलाई विराटनगर आउन आग्रह गर्दछु ।’ विराटनगरलाई कसरी आधुनिक, जीवन्त सहरमा परिणत गर्ने भन्ने योजना बनाइरहेको उहाँको भनाइ थियो ।

उहाँले नेपालमा महिलाको आर्थिक र राजनीतिक सशक्तीकरणका हिसाबले उल्लेख्य प्रगति भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचित निकायमा महिलालाई ३३ प्रतिशत आरक्षणको संवैधानिक व्यवस्था छ । यसले संसद, प्रदेश  र स्थानीय सरकारमा महिलाको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।’ तीन दिनसम्म सञ्चालन भएको सम्मेलनमा दक्षिण एसियाका विभिन्न देशका प्रतिनिधिको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.