सुनसरी, कार्तिक १६ गते । सुनसरीको धरान उप(महानगरपालिका(२० च्यान डाँडाबाट २ राउण्ड हावाई फायर गरी लागू औषध गाँजा बेचबिखनमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कार्तिक १६ गते बिहान ३ बजे बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीलाई बा। १ च ५०३८ र को। १ च ८१८२ नम्बरको स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेको समुहले प्रहरीलाई देख्नसाथ भाग्न खोजे पछी प्रहरीले पेस्तोलबाट २ राउण्ड हावाई फायर गरी चालक सप्तरी डाक्नेश्वरी नगरपालिका(१० का २४ बर्षीय रामसागर कुमार यादव, छिन्नमस्ता गाउँपालिका(६ का ५९ बर्षीय राज कुमार साह, राजगढ गाउँपालिका(१ का ४५ बर्षीय राजेन्द्र प्रसाद मण्डल, धरान(११ का २१ बर्षीय अमृत बिशुङखे र भारत बिहारका ३८ बर्षीय सन्तोष ठाकुरलाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएको उक्त गाडीबाट २०९ किलो ४२ ग्राम गाँजा बरामद भएको छ भने बेचबिखानमा संलग्न पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।
.jpeg)
Post a Comment