Websoft University

सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि.,केा भेालि साधारण सभा र सम्मान कार्यक्रम हुने ।


बिराटनगर २०८३, काति १२ गते ।सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि.,विराटनगर–९ को २०८३ कात्तिक १२ गते बसेको बैठकले गरेका निर्णयहरू यस प्रकार छन ।

साधारणसभा र अधिवेशन  सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको १५औं साधारणसभा र ५औं अधिवेशन २०८३ कात्तिक १३ गते शुक्रवारका दिन ठीक १०ः३० बजे सुरु हुनेछ । जसमा १०ः३० बजेदेखि साधारणसभा र साधारणसभा पछि अधिवेशन गरिने  भएकेा छ । 

शिक्षा पुरस्कार वितरण २०८२ सालदेखि प्रदान गर्न सुरु गरिएकोले शेयर सदस्यहरूका सन्तानहरूमा कक्षा १० (एसईई) २०८२ मा उत्तीर्ण भई आएका लब्धाङक पत्रहरूमा सवैभन्दा भन्दा बढी जीपीए ल्याउने शेयर सदस्य टेकप्रसाद अधिकारीका पुत्र मुलुक शर्मा (३.८४ जीपीए) र कक्षा १२ तर्फ आएका लबिङ क पत्रहरूमा शेयर सदस्य विक्रम लुइँटेलकी पुत्री सुबिसा लुइँटेल (३.२८ जीपीए) लाई पुरस्कृत गरिने निर्णय गरियो । जसमा एसईई उत्तीर्णलाई रु. २,५००।– र कक्षा १२ उत्तीर्णलाई रु. ३,०००।– रकमका साथ पुरस्कृत गरिने भएकेा छ ।    यसैगरी विद्यावारिधि गर्ने शेयर सदस्य डा. रामचन्द्र अधिकारीलाई भेालिनै सम्मानित गरिने छ । 

प्रमुख अतिथि  संस्थाका ज्येष्ठ शेयर सदस्य श्री शिवबहादुर कार्कीलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको पनि सचिव  विजयहरी खतिवडाले जानकारी गराउनु भएकेा छ । 

त्यसैगरी उत्कृष्ट बचतकर्ता, असल ऋणी र अग्रज शेयर सदस्य सम्मान  कार्यक्रम बाट  उत्कृष्ट बचतकर्तामा रोशन पोखरेल, असल ऋणीमा प्रदीप भुजेललाई समान गरिने भएकेा छ । त्यसै गरी अग्रज शेयर सदस्यमा तेजेन्द्रबहादुर भण्डारीलाई सम्मान गरिने ।

कार्यलयमा लाभांश वितरण  आ.व. २०८२–८३ को लेखा परीक्षण प्रतिवेदन अनुसार शेयर सदस्यहरूलाई ६ प्रतिशत शेयर लाभांश वितरणका लागि साधारणसभामा प्रस्ताव लाने भएकेा जनाएको छ।   

अन्त्यमा भोजन खर्च यही कात्तिक १३  गते हुन गइरहेको यस सहकारी संस्थाको १५औं साधारणसभामा उपस्थित हुन आउने शेयर सदस्य महानुभावहरूलाई प्रतिव्यक्ति रु. ६००।– (छ सय) भोजन खर्च दिइने  जनाइएको छ ।    

ऋण अनुमोदन - लीलावल्लभ घिमिरे, भोजराज घिमिरे, प्रदीप भुजेल र दीपक फूयाललाई दिइएको ऋणको अनुमोदन सभाबाटै हुनेछ ।

अध्यक्षको प्रतिवेदन भेालिनै सञ्चारकर्मी सञ्चार सहकारी संस्थाका अध्यक्ष  दीपक दाहालबाट १५औं साधारणसभामा संस्थाको प्रतिवेदन  प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिव - विजहरी खतिवडाले जानकारी गराउनु भएकेा छ।    

                                                                                                

              

                           

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.