Websoft University

आगलागि नियन्त्रण देखि राहत वितरण सम्म नेपाली सेनाले गरे सहयोग




प्रकाश पाक्साँवा-
तेह्रथुम, पुस १४ गते । २०७३, रातो तारा डट कम-
तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई विहिबार शैनिक श्रीमती संघ (नेपाली सेना) ले राहत सामग्री उपलब्ध गराएको छ ।
 संक्रान्तिबजार आइपुगेका सैनिक श्रीमती संघ (नेपाली सेना) को टोलीले इलाका प्रहरी कार्यालय संक्रान्तिबजारमा औपचारीक कार्यक्रमको आयोजना गरि १ हजार ७ सय १० केजि चामल, ९० थान ज्याकेट र ७८ थान कम्बल प्रदान गरेका छन् ।

 सैनिक श्रीमती संघ (नेपाली सेना) भद्रकाली, काठमाडौको सहयोगमा प्राप्त राहत सामग्री अग्निपिडित ७३ विस्थापति परिवारलाई वितरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै भैरवदल गण पाँचरका प्रमुख सेनानी शिवराज पन्तले करोडौको क्षति भएको यो दुःखको घडिमा पिडितहरुलाई साहानुभूति स्वरुप मलम लगाउने प्रयत्न गरिएको बताउनु भयो ।

पुस १ गते भएको आगलागी नियन्त्रण देखि राहत वितरण गर्दै आएको गणले आठराई क्षेत्रमा आइपर्ने जुनसुकै आपतकालिन विपत्तिमा सहयोग गर्ने गणपति पन्तले बताउनु भयो ।
 त्यस्तै कार्यक्रममा संघकी सदस्य पुजा पन्तले भैपरी आइपर्ने घटनाहरु नियन्त्रणमा आकस्मिक निर्णय गर्न नसकिएकाले यतिका धेरै क्षति भएको बताउनु भयो ।

आपतकालिन अवस्थामा गाउँका युवाहरुलाई विपत्तिबाट हुन सक्ने जुनसुकै घटना नियन्त्रणबारे प्रशिक्षित गराउनु पर्ने भएकाले यसमा सरोकारवाला निकायले ध्यान दिनु पर्ने उल्लेख गर्नु भयो ।

संक्रान्तिबजारमा भएको भिषण आगलागी भैरवदल गण पाँचरबाट आएको नेपाली सेनाको टोली सहितको सुरक्षा निकाय, दम्कल र स्थानिय डोजरको ४ घण्टा लामो प्रयास पछि नियन्त्रणमा आएको थियो । आग्लागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए ।

आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको छ । अग्निपिडित परिवारलाई विभिन्न सरकारी तथा गौर सरकारी संघ संस्था र प्रवासी नेपालीहरुबाट राहत स्वारुप जिन्सी तथा नगद आउने क्रम जारी छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.