Websoft University

चीनद्वारा तीब्र गतिको विश्वकै लामो रेल्वे सेवा सुरु, विमानमा जस्तै सेवा



काठमाडौं , कुनमिङ, १४ पुस - चीनले तीब्र गतिको विश्वकै सबैभन्दा लामो रेल्वे सेवा सुरु गरेको छ। सांघाई–कुनमिङ २ हजार २ सय ५२ किलोमिटर लामो यो रेल सञ्जालले चीनलाई पूर्वदेखि पश्चिम दक्षिणसम्म जोड्नेछ।

चिनियाँ रेल्वे करपोरेसनका अनुसार उच्च गतिको यो रेल्वे सेवाले सांघाई र कुनमिङको यात्रा दुरी ३४ बाट घटाएर ११ घन्टामा झार्नेछ।

३३० किलोमिटर प्रतिघन्टाको गतिमा चल्ने यो नयाँ रेल्वे सेवाले चीनका पाँच वटा प्रान्तहरु हुनान, ग्वान्झाओ, युनान, झ्याछी, झिझाङलाई जोड्नेछ। चिनियाँ रेल्वे करपोरेसनका अनुसार उच्च गतिको यो रेल्वे सेवाले सांघाई र कुनमिङको यात्रा दुरी ३४ बाट घटाएर ११ घन्टामा झार्नेछ।

बुधबार उद्‌घाटन गरिएको यो चीनको तीब्र गतिको सबैभन्दा लामो पूर्व-पश्चिम रेल्वे सञ्जाल पनि हो। यो सहित चीनमा तीब्र गतिको रेल्वे सञ्जालको कूल दूरी २० हजार किलोमिटर पुगेको छ। सन् २०३० सम्म यो सञ्जाल वृद्धि गरेर ४५ किलोमिटर पुर्‍याउने गरी चीनले काम गरिरहेको छ।

विश्वकै उदाउँदो अर्थतन्त्र भएको चीनले सन् २०१२ मै उत्तर र दक्षिणलाई जोड्न २ हजार २ सय ९८ किलोमिटर लामो बेइजिङ—ग्वान्झाओ तीब्र गतिको रेल्वे नेटवर्क निर्माण गरिसकेको छ।


चीनले सुरु गरेको नवीन प्रविधिको यो रेलमा यात्रुले विमानमा जस्तो सेवा पाउनेछन्। रेलभित्र यात्रु सेवामा विमानमा जस्तै महिला परिचारिका रहनेछन्। बुधबा रेल्वे सेवा सञ्चालन सुरुवात हुँदा कुनमिङ रेल्वे स्टेशनमा उनीहरु विमान परिचारिका जस्तै विशेष पोषकमा देखिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.