Websoft University

वरिष्ठ साहित्यकार कमलमणि दीक्षित रहेनन


काठमाडौं, पुस १४ गते । २०७३, रातो तारा डट कम- वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको ८७ वर्षको उमेरमा निधन भएको छ। श्वास प्रश्वासमा समस्या रहेका दीक्षितको बिहीबार बिहान पौने ३ बजे निधन भएको हो।

दीक्षितले करिव ६ दर्जन पुस्तक लेखन तथा सम्पादन गरेका छन् भने २ हजारभन्दा बढी फुटकर प्रकाशित भएका छन्। लेखनको सुरुका वर्षहरुमा खोज तथा अनुसन्धानमा रुचि राख्ने दीक्षितले पछिल्लो समयमा नियात्रा, निबन्ध तथा संस्मरण लेख्दैआएका थिए।

 नेपाली भाषा तथा साहित्यसँगै ती सामग्रीहरुको अभिलेखमा पनि दीक्षितले गहकिलो पाइला चालेका थिएन। उनको सक्रियतामा २०१२ सालमा मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठी स्थापना गरिएको थियो।

गुठीले नेपाली भाषाामा प्रकाशित हुने उत्कृष्ठ पुस्तकलाई मदन पुरस्कार र नेपाली भाषाको श्री बृद्धिका लागि योगदान दिने कृतिलाई जगदम्बा श्री पुरस्कार प्रदान गर्दैआएको छ। दीक्षितका दुई छोरा कुन्द र कनकमणि पत्रकारितामा क्रियाशील छन्।

छोरी रुपा जोशी पनि लेखकका रुपमा परिचित छन्। दीक्षितको बिहीबार बिहान पशुपतिस्थित विद्युतीय शव दाहगृहमा अन्त्येष्टि गरिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.