Websoft University

ब्याडमिन्टनमा आर्मीको बाहुल्यता



बिराटनगर, पुस १४ गते। २०७३, रातो तारा डट कम-
नेपाल आर्मी क्लबले सातौं राष्ट्रिय खेलकुद अन्तरगत ब्याडमिन्टनमा आफ्नो बाहुल्यता देखाएको छ ।

नेपाल आर्मीका रत्नजित तामाङ्गले पुरुष एकल तर्फको खेलमा आफ्नै क्लबका दिपेश धामीलाई २१–१९, २१–११ सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पारे । सुदूरपश्चिमका संजीव खड्का र नेपाल प्रहरीका बिष्णु कटुवालले कास्य पदक पाए ।

काकरभिट्टास्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल तर्फ सेनाकी नङ्गशल तामाङ्गले एपिएफकी शिक्षा श्रेष्ठमाथी १७–२१, २१–१२, २१–१० को जित निकाल्दै स्वर्ण प्राप्त गरिन् । आर्मीका अनुमाया राई र अमिता गिरीले कास्य पाए ।

पुरुष डबलमा पनि आर्मीकोनै जित रह्यो । आर्मीका रन्तजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले आर्मीकै दिपेश धामी र सुरोज महर्जनको जोडीलाई २१–१९, १६–२१ र २१–१६ को तीन सेटमा पराजित गर्दै स्वर्ण कब्जा गरे । तेश्रो स्थानमा पुलिसका बिष्णु कटुवाल र दीपक बोहराको जोडी तथा एपिएफका जोसेफ अधिकारी र सुमन लिम्बुको जोडी रहे ।


महिला जोडी तर्फको खेलमा एपिएफकी पुजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीले आर्मीका मेघा चन्द र अनुमाया राईको जोडीलाई २१–१५, २१–८ को सोझे सेटमा पाखा लगाउंदै स्वर्ण हात पार्दा चन्द र राईको जोडीले रजत पाए । सेनाका जेसिका गुरुङ्ग र सुनैना मुखिया तथा नङ्गशल तामाङ्ग र अमिता गिरीको जोडीले कास्य पदक पाए ।

मिक्स डबल तर्फको खेलमा पनि आर्मीका दीदी भाईको जोडीलेनै स्वर्ण पाए । दीदी भाई नङ्गशल र रत्नजितको जोडीले एपिएफका शिक्षा श्रेष्ठ र सुदीप सेंढाईको जोडी माथी २१–११, २१–१० को जित हात पार्दै श्रेष्ठ र सेंढाईको जाडीलाई रजतमा खुम्चन बाध्य पारे । एपिएफका शोभा गोचन र विजित थापा मगर तथा अनुमाया राई र नविन श्रेष्ठको जोडी कास्यमा खुम्चिए ।

जिम्नास्टिक
धुलाबारीमा जारी जिम्न्यास्टिक खेलमा महिला फ्लोरको ब्यक्तिगत तर्फ एपिएफकी पिंकी झाँग ९.६० अंक हात पार्दै स्वर्ण पदक प्राप्त गरिन् । एपिएफकै रेशिका श्रेष्ठले ९.४ अंकका साथ रजत र एपिएफकै सुनिता निरौलाले ८.८० अंकका साथ कास्य पाईन् ।

भल्ट टेबल तर्फ एपिएफकै रेशिका श्रेष्ठले ८.४५ अंकका साथ स्वर्ण हात पारिन् । पिंकी झाँगले ८.१० अंकका साथ रजत पाईन भने सुनिता निरौलाले ८.० अंकका साथ कास्य पाईन् ।

अलराउन्ड तर्फ पनि एपिएफकै बाहुल्यता रह्यो । एपिएफकै तिनै खेलाडीले जित निकालेको खेलमा रेशिकाले १७.८५अंकका साथ स्वर्ण, पिंकी झागले १७.७ अंकका साथ रजत र सुनिता निरौलाले १६.८ अंक ल्याउंदै कास्य पाईन् ।

पुरुषका खेलहरु बिहिबार सम्पन्न हुने आयोजकले जनाएका छन् । पौडी खेलाडी शिरिषद्वारा खेलाडीलाई सहयोग
पौडी खेलाडी शिरिष गुरुङ्गले एथलेटिक्स खेलाडीहरुलाई खेल सामाग्री सहयोग गरेका छन् । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको एथलेटिक्सका खेलाडीहरु आर्थिक अभावका कारण दौडमा लगाउने स्पाईक नलगाई खेलेको भनि विभिन्न संचार माध्ययमबाट समाचार सम्प्रेषण भए पछि गुरुङ्गले शिरिष फाउन्डेशन मार्फत सहयोग गरेका हुन् ।

उनले करिब ४५ हजार बराबरको स्पाईक, झोला, टिसर्ट लगायतका सामाग्री बुधबार र बिहिबार खेलाडीहरुलाई हस्तान्तरण गरे । सहयोग पाउने खेलाडीहरुमा सुदूरपश्चिम कैलाली टिकापुर राजीपुरकी शिमा चौधरी, पश्चिमाञ्चल गुल्मीकी सिता शेन र नवलपरासी गुठी पर्सौनीकी गुडिया गुप्ता रहेका छन् ।

सातौ राष्ट्रिय खेलकुद अन्तरगत ५ राष्ट्रिय किर्तिमान सहित
१६ स्वर्ण पदक प्राप्त गर्दै सातौंम अर्को किर्तिमान राखेका थिए । यस अघि करिष्मा कार्कीले १२ स्वर्ण पदक प्राप्त गर्दै एकै व्यक्तिले सर्वाधिक स्वर्ण पदक प्राप्त गरेको किर्तिमान थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.