Websoft University

घरमा आगलागी हुँदा जलेर बालकको मृत्यु


मोरङ, कार्तिक ११ गते । रातो तारा डट कम,मोरङको पथरी-शनिश्चरे नगरपालिका-५ कोठेबारीमा आईतवार राती स्थानीय युवराज गिरीको घरमा आगलागी हुँदा आगोमा जलेर एक बालकको मृत्यु भएको छ ।

गिरीको घरमा साँझ दिपावली गर्न बालेको दियोबाट राती साढे १० बजे अचानक घरमा आगो सल्किदा घर भित्र सुतिरहेका गिरीको ४ बर्षीय छोरा युसन गिरीको आगोमा जलेर घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । 

आगलागीबाट गिरीको एक तले घर सहित ३/ ३  तोला सुन र चाँदीको गहना, अन्दाजी नगद रु. ९५ हजार सहित घर भित्र रहेको सम्पूर्ण सर-सामान जलेर नष्ट हुँदा अन्दाजी १२ लाख मूल्य बराबरको क्षति भएको छ । 

घटनास्थलमा इलाका प्रहरी कार्यालय पथरी र प्रहरी चौकी कुशेचौरीबाट प्रहरी टोली खटिगई कानूनी प्रकृया भईरहेको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी दिपावली गर्ने क्रममा भएका आगलागी
सोलुखुम्बुः-

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-२ कुमाल गाउँमा रुपा नेवारको घरमा आईतवार राती लक्ष्मीपुजा गर्ने क्रममा राती पौने ८ बजे आगलागी हुँदा नगद १ लाख ५० हजार, ५ तोला सुन, १० तोला चाँदी लगायत सम्पूर्ण सामान जलेर नष्ट हुँदा अन्दाजी ६ लाख मूल्य बराबरको क्षति भएको हो । उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा राती साढे ९ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

मोरङः- 
मोरङको केरावारी गाउँपालिका-८ आमजुङे बस्ने उमेश बस्नेतको घरमा राती ९ बजे घरमा बालेको मैनबत्तीबाट आगलागी हुँदा २ तले घर सहित साढे ४ तोला सुनका गहना, नगद रु. ४५ हजार र ग्वाली समेत जल्दा अन्दाजी २१ लाख मूल्य बराबरको क्षति भएको हो । उक्त आगलागी दमकल, इलाका प्रहरी कार्यालय बेलबारी, केरावारी र स्थानीयवासीको राती साढे ९ बजे नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय केरावारीले जनाएको छ ।

ताप्लेजुङः-
ताप्लेजुङको सिरिजंगा गाउँपालिका-२ खम्दिम्बे बस्ने रमेश भट्टराईको घरमा आईतवार साँझ दिपावली गर्ने क्रममा किराना पसलमा बालेको मैनबत्तीबाट आगलागी हुँदा अन्दाजी ८ लाख मुल्य बराबरको क्षति भएको छ । 

राती ८ बजे भएको उक्त आगलागीबाट दिपावली गर्न राखेको नगद ३ लाख, किराना पसलमा रहेको किराना सामान, फर्निचर लगायतका अन्दाजी ५ लाख मुल्य बराबरको सामान जलेर नष्ट भएको छ । 

आगो निभाउने क्रममा भट्टराईको दाहिने हात डढेर प्राथमिक उपचार पश्चात अस्पताल पठाईएको छ भने उक्त स्थानमा  अस्थाई प्रहरी चौकी खाम्दिम्बेबाट प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.