Websoft University

राष्ट्रिय कलाकार पौडेलद्वारा पितृका नाममा घण्टी


मोहन कुमार राई–कार्तिक १४,गते। रातो तारा डट कम,सङ्खुवासभा नेपालकै चर्चित शक्तिपीठ सिद्धकाली मन्दिर परिषरको महादेवको मन्दिर अगाडि आकर्षक ढंगको घण्टी राखेर एक कार्यक्रमका विच विहिवार विहान अनावरण गरिएको छ । 


३० वर्ष शिक्षक २२ वर्ष पत्रकारिता र विभिन्नि नेपाली चलचित्रमा अभिनय गरिसकेका चैनपुर निवासी पदम प्रसाद पौडेलले १ लाख माथि खर्चेर २५ केजीको धातुको घण्टी मन्दिरमा राख्ने क्रममा सिद्धकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं चैनपुर नगरपालिकाका नगर प्रमुख भरतकुमार खत्रीको अध्यक्षतामा सम्पन्न सो अनावरण कार्यक्रममा प्रदेश नं.१ का प्रदेश सांसद तुलसीप्रसाद न्यौपानेले पितृको सम्झना गर्दै राष्ट्रिय कलाकार पदमप्रसाद पौडेलले गर्नुभएको धार्मिक कार्यको मुक्त कण्ठले प्रसंसा गर्दै यस मन्दिर परिसरको वृहत्तर विकासमा व्यक्तिगत तवरबाट देशकै उद्योगपति एवं समाजसेवी कृष्णगोपाल श्रेष्ठले मन्दिर परिसरमा विच्छ्याएको ढुङ्गाको समेत प्रसंसा गर्दै चैनपुर नगरपालिकाले मन्दिर परिसरमा गरेको विकासको समेत मुक्त कण्ठले प्रसंसा गर्नुभयो । सो अवसरमा अनावरण कार्यक्रमलाई दाता पदमप्रसाद पौडेल, वहाँको धर्मपत्नीकासाथ प्रदेश नं.१ का सांसद तुलसीप्रसाद न्यौपाने र नगरप्रमुख भरतकुमार खत्रीले संयुक्त रुपमा घण्टीको अनावरण गर्नुभएको थियो । कार्यक्रममा दाता पदमप्रसाद पौडेलले जीवनको उत्तरार्धमा आफ्ना बुवाआमाको स्मरणमा यो घण्टी मन्दिरमा स्थापना गर्ने अवसर जुटाइदिएकोमा सरोकार पक्षहरुलाई धन्यवाद दिनुभयो । यसै गरी कार्यक्रममा चैनपुर नगरपालिकाका नगरप्रमुख भरतकुमार खत्रीले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी यस मन्दिर परिसरमा आन्तरिक तथा वाह्य पर्यटकहरु २० हजार माथिको संख्यामा उपस्थित गराउन चैनपुर नगरपालिका लागिपर्ने बताउनुभयो । यसै गरी वहाँले भारतको नैनतालसँग सिद्धकाली मन्दिरलाई जोडेर भारतीय तिर्थयात्री र पर्यटकहरुसमेत भित्र्याउन नगर लागिपर्ने बताउनु भयो । यसै विच आजै सिद्धकाली मन्दिर परिसरमा नै सालिकमा निर्मित सतीदेवीको पैतालाको समेत अनावरण प्रदेश नं.१ का सांसद तुलसीप्रसाद न्यौपानेले गर्नुभएको थियो । केही समय अघि खानीबाट ढुङ्गा उत्खनन गर्ने क्रममा मन्दिर नजिकैको क्षेत्रमा भेटिएको ढुङ्गाको सालिकलाई मन्दिर समितिले संरक्षित गरेर राखेको सो ढुङ्गाको सालिकलाई आज अनावरण गर्ने अवसर जुटाइएको सिद्धकाली गाउँ विकास समितिका पूर्व अध्यक्ष ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेताहरु, जनप्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.