Websoft University

गोली चल्दा एक भारतीय नागरिकको मृत्यु



 काठमाण्डौ कार्तिक १४ गते । रातो तारा डट कम,कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । कृष्णनगर बजार क्षेत्रमा लक्ष्मी पूजाको मूर्ति बिर्सजन गर्न जाने बाटोका विषयमा स्थानीयबीच विवाद भएपपछि झडप भएको थियो । विवादपछि गोली चल्दा एकजनाको मृत्यु भएको हो । प्रहरीले चलाएको गोली लागेर मृत्यु हुने सुरज पाण्डे भारतमा घर भई नेपालमा चियाको व्यापार गर्ने रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगरमा विहान ११ बजेदेखि कर्फ्यु लगाएको छ । लक्ष्मी पूजाको मूर्ति बिर्सजन गर्ने विषयमा दुई समुदायबीच हिजोबाट सुरु भएको विवादले उग्र रुप लिएपछि झडप भएको थियो । थप घटना नहोस् भन्नका लागि कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । झडपमा परी केहि स्थानीय र प्रहरी घाइते भएका छन् । विषय सामान्य भए पनि विवाद उत्कर्षमा पुगेकोले अवस्था जटिल बनेको प्रहरीको भनाइ छ । प्रहरीले झडपलाई नियन्त्रण लिन बुधबार ५० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.