Websoft University

शुभकामना


बिराटनगर जेठ १५ गते । रातो तारा डट कम, नेपाली जनताको ऐतिहासिक जित भएको विशेष दिनका रुपमा आज १५ औं गणतन्त्र दिवस मनाइरहँदा म  देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । तत्कालीन समयमा २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको ‘गणतन्त्र’ जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल हो । म यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो ज्यानको आहुति दिनुहुने महान शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । 

लामो र ऐतिहासिक संघर्षको बलमा हाँसिल गरिएको गणतन्त्रले राजनीतिक तहमा अर्थपूर्ण परिवर्तन ल्याएको छ । मुलुक गणतन्त्रसँगै संघीय शासन प्रणालीमा रुपान्तरित भएको छ । भर्खरै स्थानीय तहको एक कार्यकाल सकिएर दोस्रो कार्यकालका लागि मुलुकभर एकसाथ निर्वाचन सम्पन्न भएको छ । नेपाली जनताले यो निर्वाचनमार्फत संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा बलियो अभिमत प्रकट गरेका छन् । यस निर्वाचनमार्फत नेपाली जनताले नेपालको राजनीतिक स्थीरता र समृद्धिको पक्षमा आफ्नो मत जाहेर गरेका छन् । अग्रगामी समाज निर्माणका लागि नेपाली जनताले प्रकट गरेको यो अभिमतप्रति हार्दिक आभार प्रकट गर्दछु ।

यसरी संविधानद्वारा संरक्षित लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो सामाजिक एवं राजनीतिक जीवन पद्धतिमा व्यवहारिक रूपमा नै क्रमशः संस्थागत हुँदै गइरहेको छ । स्थानीय तहको निर्वाचनले लोकतन्त्रको जगलाई थप मजबुत र संस्थागत गर्न मद्दत पु¥याएको छ । म भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित हुनुहुने सबै जनप्रतिनिधिज्यूहरूलाई बधाई दिंदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु ।

अन्त्यमा, गणतन्त्र दिवस २०७९ को अवसरमा संविधानको मर्म र भावनाअनुसार अघि बढ्न, राष्ट्रहित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुँदै उद्देश्यप्रति समर्पित हुन सबैमा थप उत्साह र प्रेरणा मिलोस् भन्दै सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा १५ औं गणतन्त्र दिवसको पुनः हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु । 

राजेन्द्रकुमार राई

मुख्यमन्त्री

मिति ः २०७९ ज्येष्ठ १५ गते, आइतबार


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.