Websoft University

इन्धनको मुल्य बृद्घिगरेको प्रति जनताले सरकारको आलोचना र बिरोध गर्नथालेकै बेला सरकारले पेट्रोल र डिजेलको मूल्य समायोजन गर्ने तयारी गर्दै,


काठमाण्डौ जेठ १४ गते । रातो तारा डट कम,बैशाख ३० गते स्थानिय तहको चुनाव सकिने बितिकैसरकारको निर्देशनमा इन्धनको मुल्य अत्यधिक बढाएको थियो ।  उपभोक्ता सरकारको चर्को बिरोध र आलोचना गरे पनि सरकारले पेट्रोल र डिजेलको मूल्य समायोजन गर्ने अहिले तयारी गरेको छ । पेट्रोलियम पदार्थमा लगाईँदै आएको पूर्वाधार कर र भन्सार करको दर घटाएर १० रूपैंयासम्म मूल्य सामायोजन गर्ने विषयमा मन्त्री परिषदले निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माको सचिवालयले जनाएको छ । सरकारले पेट्रोल र डिजेलमा पूर्वाधार कर वापत १० रुपैयाँ र भन्सार कर वापत २५ रुपयाँ लिँदै आएको छ । दुवै किसिमका करबाट ५÷५ रूपैंया घटाउने गरि निर्णय भएको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ । यसो गरे सरकारलाई मासिक चार अर्व राजश्व गुम्ने प्रक्षेपण अर्थ मन्त्रालयले गरेको छ । पेट्रोलियम पदार्थमा लगातार मुल्यवृद्वि भईरहेको भन्दै नागरिकहरुले सरकारको चर्को बिरोध गर्दै आएका छन ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.