Websoft University

हिल स्टेशन विकासमा प्रदेश र स्थानीय तहको साथलिदै, सरकारले यो वर्ष १० लाख पर्यटक भित्र्याउने


काठमाण्डौ जेठ १६ गते । रातो तारा डट कम,सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ । दीगो विकास तथा वातावरण संरक्षणमा ध्यान दिई उच्च मूल्यका पर्यटक भित्र्याउने समेत बजेटमा उल्लेख छ । पर्यटन क्षेत्रको पुनरुत्थानमा ध्यान दिइएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो  । ऐतिहासिक तथा पुरातात्विक सम्पदाको उत्खननमा ध्यान दिइने पनि बजेटमा उल्लेख छ ।  हिल स्टेशन विकासमा प्रदेश र स्थानीय तहको साथ लिइने भएको छ । पदमार्गमा सञ्चार सुविधाको पहुँच विस्तार गरिने भएको छ । ग्रेट हिमालयन ट्रेलको स्तरोन्नती समेत बजेटमा समेटिएको छ । सगरमाथामा पर्वतारोहण अनुसन्धान केन्द्र बनाइने भएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.